कांग्रेसलाई थपियो अर्को संकट,कमल थापा यसरी सामेल हुने भए वाम गठबन्धनमा,काम चलाउ सरकार धरापमा



झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा दलीय तालमेलको रोमाञ्चक नमूना देखिएको छ।

सुरुमा कांग्रेससँगको सहमतिमा राप्रपा महामन्त्रि राजेन्द्र लिङदेनको उम्मेद्वारी तय थियो। पछि कांग्रेसले आफ्ना पूर्व महामन्त्री कृष्ण सिटौलालाई उम्मेद्वार बनाउने निर्णय गरेपछि सरकारमा सहाभागी दल राप्रपा र कांग्रेसबीचको सम्बन्धमा दारार पैदा भएको छ। त्यतिमात्रै हैन वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने अनपेक्षित निर्णय लिएपछि स्थितिले नयाँ मोड लिएको छ।

मौकालाई उपयोग गर्न बीचमा वाम गठबन्धन उत्रिएको छ। वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने जनाएपछि राप्रपा र कांग्रेसबीचको गठबन्धन धरापमा परेको हो। वाम गठबन्धनको मंगलबार बसेको बैठकले झापा ३ मा राप्रपा उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
लिङदेनलाई समर्थन गर्ने जनाएको कांग्रेसले अन्तिम अवस्थामा सिटौलालाई नै झापा–३ बाट उम्मेद्वार बनाउने निर्णय गरेपछि अकल्पनीय घटनाक्रमहरु विकसित भएका छन्।

सहमति विपरितको कांग्रेस निर्णयबाट आक्रोशित भएका राप्रपा महामन्त्रीसमेत रहेका लिङदेनले सामाजिक संजाल ट्विटरमार्फत कांग्रेससँगको सहकार्य टुटेको बताएका थिए।

यही मौकालाई उपयोग गर्न बीचमा वाम गठबन्धन उत्रिएको छ। वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने जनाएपछि राप्रपा र कांग्रेसबीचको गठबन्धन धरापमा परेको हो। वाम गठबन्धनको मंगलबार बसेको बैठकले झापा ३ मा राप्रपा उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको थियो।

‘कांग्रेसको संसदीय बोर्डको बैठकले नै सहमति विपरित कृष्ण सिटौलालाई उम्मेद्वार बनाएपछि हामीले त्यसको विकल्प खोजेका हौं,’ झापा–३ बाट राप्रपा उम्मेद्वार राजेन्द्र लिङदेनले डिसी नेपालसँग भने, ‘झापाको हकमा लोकतान्त्रिक गठबन्धनसँग हाम्रो सम्बन्ध टुटेको हो।’

विकसित भएको नयाँ परिस्थितिले कांग्रेस र राप्रपाबीचको सम्बन्धलाई नै धरापमा उभ्याएको छ। सरकारका साझेदार दुई दलको आपसी मिलनको जग कमजोर भएपछि सरकारमा राप्रपा रहला वा कांग्रेसले सत्ता साझेदारी कायमै राख्ला भन्ने प्रश्न उब्जिएको छ।
झापा–३ मा राप्रपालाई सहमर्थन गर्ने निर्णय गरेको वाम गठबन्धनलाई बाँकी क्षेत्रमा भने राप्रपाले सघाउने सहमति भएको छ।

कांग्रेस नेता कृष्ण सिटौलाको नाम सुरुमा पार्टीले समानुपातिकको एक नम्बरमा राखेको थियो। तर सिटौलाले आफू प्रत्यक्षमा नै चुनाव लड्ने बताएपछि उनको नाम समानुपातिकको सूचीबाट हटारएर झापा–३ बाट प्रत्यक्ष चुनाव लड्नलाई टिकट दिएको थियो।

सिटौलाले टिकट पाएपछि रुष्ट बनेका लिङदेनले बाम गठबन्धनसँग सहकार्य गरेका हुन्। राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले झापाको हकमा मात्र वाम गठबन्धनसँग तालमेल गरेको र बाँकी क्षेत्रमा भने लोकतान्त्रिक गठबन्धनसँगै सहकार्य हुने बताए।

‘हामीले झापाको हकमा तालमेल गर्ने जिम्मा जिल्लालाई नै दिएका थियौं,’ उनले भने, ‘अन्य क्षेत्रमा भने लोकतान्त्रिक गठबन्धनसँगै हाम्रो तालमेल हुन्छ। हामी आजसम्म पनि लोकतान्त्रिक गठबन्धनसँगै छौं।’

विकसित भएको नयाँ परिस्थितिले कांग्रेस र राप्रपाबीचको सम्बन्धलाई नै धरापमा उभ्याएको छ। सरकारका साझेदार दुई दलको आपसी मिलनको जग कमजोर भएपछि सरकारमा राप्रपा रहला वा कांग्रेसले सत्ता साझेदारी कायमै राख्ला भन्ने प्रश्न उब्जिएको छ।

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।