केटी खोज्दै कमलादीमा गोली चलाउने दुई भारतीय जेल चलान



हाम्रो इकोनोमि

एक महिनाअघि काठमाडौंको कमलादीस्थित एक डान्सबारमा गोली हान्ने दुई भारतीय नागरिक जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीहरुलाई जेल चलानको आदेश दिएको हो।

गत १५ कात्तिकमा पक्राउ परेका जसवीर सिंह र हरदेवेन्दर सिंहलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जेल चलानको आदेश भएको हो। उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियार मुद्दा पनि दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताए। पक्राउ परेका जसवीर लुधियानाका पूर्वसरपञ्च तथा हरदेवेन्दर भारतको केन्द्रीय विद्युत् प्राधिकरणका कर्मचारी भएको अनुसन्धानमा खुलिसकेको छ।

कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो विथ डान्सबार’ मा बिल तिर्ने क्रममा विवाद हुँदा गोली चलाएर उनीहरु भागेका थिए। भाग्ने क्रममा पेस्तोल र ५१ राउन्ड गोलीसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो।

घटनाको अघिल्लो दिन मात्र उनीहरू पिबी १० एफएस ७४४९ नम्बरको सुजुकी स्विफ्ट कार चढेर सुनौली नाका हुँदै नेपाल आएका थिए। कार प्रहरीले बरामद गरिसकेको छ।

ठमेलको एक होटेलमा बसेका उनीहरू युवती खोज्दै सो डान्सबार पुगेका थिए। डान्सबारमा २२ हजारको बिल उठेपछि उनीहरूले कर्मचारीसँग झगडा गरेका थिए। आफूहरूमाथि कुटपिट हुन लागेपछि तर्साउन गोली चलाउनुपरेको उनीहरूले बयान दिएका थिए। उनीहरु कसैलाई मार्ने उद्देश्यले आएको सुटर भएको प्रारम्भिक अनुमान गरिए पनि हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै उद्देश्य नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...