मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान



आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो ।

निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको हो । कार्यालयले जिल्लाका ४१० मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।

निर्वाचनमा जिल्लाका विभिन्न स्थानमा खटिने कर्मचारीलाई कपिलवस्तु बहुमुखी क्याम्पसमा प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताउनुभयो ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

तोलाको ७ हजार ५ सयले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

विद्यालयको हाजिर रजिस्टर सडकमा, आन्दोलनबाटै तलब

    सरकारी विद्यालयका शिक्षकहरु आफ्नो सेवा सुविधा सम्बन्धी विभिन्न माग राखेर काठमाडौं

प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा

    प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर