उपेन्द्र यादवको खुलासा-‘विमलेन्द्र निधिको उम्मेदवारी फिर्ता लिन कांग्रेस सकारात्मक’



हाम्रो इकोनोमि

मधेसी गठबन्धनले कांग्रेससँग चुनावी सहकार्यका लागि कडा सर्त अघि सारेका छ। कांग्रेस नेता विमलेन्द्र निधिको उम्मेदवारी धनुषा क्षेत्र नम्बर ३ बाट फिर्ता भएपछि मात्र कांग्रेससँगको चुनावी गठबन्धन सहज र संभव हुने प्रस्ताव मधेसी गठबन्धनका नेताहरुले कांग्रेस नेतृत्वसमक्ष पठाएका छन्।

मधेसी गठबन्धनको एउटा घटक रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा बुधबार त्यसको खुलासा गरेका हुन्। उनले कांग्रेस नेता निधिको उम्मेदवारी धनुषा क्षेत्र नम्बर ३ बाट फिर्ता भएपछि मात्र कांग्रेससँग गठबन्धन सहज हुने बताएका छन्।यादवले राजविराजमा संचारकर्मीसँग भने, ‘यदी धनुषा–३ मा कांग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझै पनि लोकतान्त्रिक गठबन्धन सम्भव छ। यसमा कांग्रेसले विचार गरोस्।’

कांग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबन्धन बन्न नसकेको बताउँदै उनले अझैपनि गठबन्धनका लागि प्रयास गरिरहेको बताए। ‘धनुषा–३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ। हामी कुनै पनी हालतमा सम्झौता गर्न सक्दैनौं’ यादवको भनाइ छ ‘यदी कांग्रेसले निधीको उम्मेदवारी फिर्ता लिन्छ भने गठबन्धनको सम्भावना सकिएको छैन।’

धनुषा–३ मा राजपाबाट नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। यही मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यादव फोराम–राजपा गठबन्धनका तर्फबाट बाट सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन्।

मधेसी गठबन्धनसँग गठबन्धन गर्ने प्रयास गरिरहेको कांग्रेसले पनि यसलाई मधेस गठबन्धनको यो सर्तलाई सकारात्मक रुपमा लिएको बताउँदै यादवले भने, कांग्रेसले धनुषा–३ बाट फिर्ता हुने प्रस्तावलाई स्वीकार गर्ने संकेत देखाएको छ।यसका लागि अहिले पनि वार्ता जारी रहेको छ, अहिले नै केहि भन्न सकिन्न।’

यादवले अहिलेको चुनावलाई सामान्य चुनाव मात्र नरहेको प्रतिक्रिया दिए। मधेसी जनताको हक अधिकारका लागि लड्दै आएका आन्दोलनरत पक्ष र सक्षापक्षवीचको प्रतिस्पर्धाका रुपमा यो चुनाव रहेको उनले बताए। सप्तरी–२ मा आफ्नो कसैसंग कुनै प्रतिस्पर्धा नरहेको समेत उनको भनाइ छ।

मधेसी गठबन्धनले धनुषा क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र महतोको पक्षमा मतदानका लागि आह्वान गर्न यही मंसिर १६ गते जनकपुरमा विशाल चुनावी सभा समेत आयोजना गरेको छ।चुनावी सभालाई राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...