बम विस्फोटमा परी कांग्रेस उम्मेदवार कार्की गम्भीर घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै



हाम्रो इकोनोमि

उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्।

कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्। कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए।

घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...