१० अंकले बढ्यो नेप्से, ५७ करोड भन्दा बढीको सेयर कारोबार



हाम्रो इकोनोमि

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१२ अंकले बढेर १५२३.८६ अंकमा उक्लिएको छ।

आज दिनभरीमा १६३ कम्पनीका नौ लाख ९९ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ५७ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। मंगलबार सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको कारोबार भएको छ।

उपसूचक मिस्रित देखिएका छन्। कारोबारमा आएका सात समूह बढेका छन् भने ट्रेडिङमा कुनै परिबर्तन भएन। बैंक ०.४१, होटल १.४६, विकास बैंक ०.१६, जलबिद्युत १.६१, फाइनान्स ०.१, अन्य ४.०३ र लघुवित्त ०.७७ प्रतिशतले बढेका छन्। बीमा ०.१८ र उत्पादनमूलक ०.६३ प्रतिशतले घटेको छ।

मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी आठ प्रतिशत कमाएका छन्। कुबेर मर्चेन्ट फाइनान्सका शेयरधनीले चार प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...