१० अंकले बढ्यो नेप्से, ५७ करोड भन्दा बढीको सेयर कारोबार



हाम्रो इकोनोमि

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१२ अंकले बढेर १५२३.८६ अंकमा उक्लिएको छ।

आज दिनभरीमा १६३ कम्पनीका नौ लाख ९९ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ५७ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। मंगलबार सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको कारोबार भएको छ।

उपसूचक मिस्रित देखिएका छन्। कारोबारमा आएका सात समूह बढेका छन् भने ट्रेडिङमा कुनै परिबर्तन भएन। बैंक ०.४१, होटल १.४६, विकास बैंक ०.१६, जलबिद्युत १.६१, फाइनान्स ०.१, अन्य ४.०३ र लघुवित्त ०.७७ प्रतिशतले बढेका छन्। बीमा ०.१८ र उत्पादनमूलक ०.६३ प्रतिशतले घटेको छ।

मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी आठ प्रतिशत कमाएका छन्। कुबेर मर्चेन्ट फाइनान्सका शेयरधनीले चार प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...