प्रचण्डले भने स्थिर सरकार बनाउँछु, प्रतिस्पर्धि पाण्डेले भने विकास गर्छु



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ ।

पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डो¥याउन चाहन्छु ।”

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले भन्नुभयो – “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।”

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उहाँले गर्नुभयो ।

उहाँ चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

अबको जिम्मेवारी विकास: मन्त्री पाण्डे

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन । वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदैआएको छु ।”

देशको ठूलो पार्टी नेपाली काँग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उहाँले बताउनुभयो र भन्नुभयो – “मेरो जीत नै जनताको जीत हो ।”

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...