बाम उम्मेदवारलाई लक्षित गरी बम प्रहार, देउवा सरकारका मन्त्रीका अंगरक्षकको हृदयघातबाट विराटनगरमा निधन



विनाविभागीय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान मृत्यु भएको छ ।
नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयाघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खेउली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए ।

मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेका वेला राति अचानक असहज मसुस गरेपछि उनलाई उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको थियो ।

उपचारका लागि अस्पताल पुर्‍याउनासाथ बिहान रातको १ः४५ बजे बुढाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताए । मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार

उता लालबाबु पण्डितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ ।
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए ।
अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको