सानिमा इक्वीटी फण्डमा आवेदन दिने सोचमा हुनुहुन्छ ? हेर्नुहास्, कहाँबाट दिने आवेदन ?



हाम्रो इकोनोमि

सानिमा क्यापिटलले मंसिर १२ गतेदेखि सानिमा इक्विटी फण्ड निष्कासनको आवेदन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले १० करोड २० लाख इकाईको फण्ड निष्कासन गरेको हो । लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन ।

सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरेको हो ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ । उक्त फण्डमा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...