सानिमा इक्वीटी फण्डमा आवेदन दिने सोचमा हुनुहुन्छ ? हेर्नुहास्, कहाँबाट दिने आवेदन ?



हाम्रो इकोनोमि

सानिमा क्यापिटलले मंसिर १२ गतेदेखि सानिमा इक्विटी फण्ड निष्कासनको आवेदन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले १० करोड २० लाख इकाईको फण्ड निष्कासन गरेको हो । लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन ।

सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरेको हो ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ । उक्त फण्डमा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...