तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते



हाम्रो इकोनोमि

काठमाडौँ । हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना भएको छ।

सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...