नातीलाई चुनाबी सभामा संगै लगेर यसरी छोराको तिर्सना मेटाउछन प्रचण्ड,प्रकाशपुत्र प्रसिद्धको प्रचण्डलाई यस्तो छ साथ



हाम्रो इकोनोमि

भरतपुर–२६ ज्योतिनगर स्थित माओवादी नेता अमिक शेरचनको घरमा माओवादी अध्यक्ष प्रचण्डसहित एमाले–माओवादीका नेता कार्यकर्ताको ठूलै
समुह पुग्यो । त्यहाँ चितवन–३ को निर्वाचन परिचालन कमिटीको खाना खाने कार्यक्रम थियो ।

प्रचण्डसँगै उनको गाडीबाट दुई बालक एक बालिका ओर्लिए । तीमध्ये एक थिए प्रसिद्ध दाहाल, उनी प्रकाश दाहालको जेठा छोरा हुन् !
हृदयघातका कारण प्रचण्डपुत्र प्रकाशको असामयिक निधन भएसँगै उनको जेठो नाती प्रसिद्ध अहिले हजुरबुवालाई साथ दिन चितवन पुगेका छन् ।

प्रचण्ड र उनकी पत्नी सीताका लागी माओवादी नेता अमिक शेरचन आफैंले खाना सर्भ गरे, खाना टेवलमा खस्नासाथ सीताले सोधिन्, ‘केटाकेटीले खाए ?’

ठीक त्यवितेला प्रसिद्ध कोठाभित्र प्रवेश गरे, उनलाई प्रचण्डले सोधे, ‘ए प्रसिद्ध, तैंले खाईस ?’

प्रसिद्धले मुन्टो हल्लाउँदै भने, ‘छैन ?’ सीताले प्रतिप्रश्न गरिन्, ‘किन ?’

‘खाने मन छैन’ भन्दै बाहिर निस्केका प्रसिद्ध पार्टी कार्यकर्ता र सर्वसाधारण लाइन लागेर थाल थापिरहेको मेशतिर लम्किए !
प्रचण्डका निजी सवारी चालक कुमारले उनलाई सोधे, ‘खाने हो ?’
प्रसिद्धले दाल र भात ल्याइदिए, उनले बाहिरै बसेर भकाभक खाए ! भने, ‘बाहिर मिठो हुन्छ क्या, सबैसँग बसेर खानुपर्छ !’

प्रसिद्ध कोठाभित्रको भिआईपी खानाभन्दा सर्वसाधारण मेशमै खान रुचाउँछन् । उमेरले करिब ७ पुगेका प्रसिद्ध प्रकाशपत्नी सृजना त्रिपाठीतिरका सन्तान हुन् । सृजना यतिवेला बाम गठबन्धनको चुनाव प्रचारका क्रममा कास्कीमा छिन् ।

प्रकाशको निधनपछि चितवन पुगेकी बुहारी बिना मगर आफ्नै चुनावी क्षेत्र कञ्चनपुर फर्कीसकेकी छिन् । बिनाले आफ्नो छोरालाई साथै लिएर गएकी छिन् भने, प्रसिद्ध भने हजुरबा र हजुरआमा प्रचण्ड र सीताको मन बहलाउने माध्यम भएका छन् ।

शनिवार प्रचण्ड दिनभर जसो पिकअप भ्यानको हुटमा बसेर घरदैलो गरे, त्यस्तोमा प्रसिद्ध भन्थे, ‘म पनि बुबासँगै बाहिर बस्छु ।’
अत्यधिक धुलोले असर गर्ने कारण देखाउँदै सहयोगीहरुले उनलाई बन्द सीसाभित्रै राखे, जहाँ उनले सीता दाहाललाई चकचक गरेर सान्त्वना दिए ।

दाहाल परिवारले अहिलेसम्म प्रसिद्धलाई उनको बाबुको अवसान भएको भनेका छैनन् । ‘बाल मस्तिष्कमा असर पर्ला भनेर पूजा गरेको हो, भनेका छौं’ प्रचण्ड सचिवालयका एक कर्मचारीले भने, ‘तर, प्रसिद्ध धेरै बाठो छ !’

साँच्चै हो, चुनावी अभियानका क्रममा पत्रकारले फोटो खिच्न खोज्दा उनी कहिले मुख बिगार्थे कहिले आँखा छोप्थे । प्रसिद्ध आफ्ना हजुरबुवा प्रचण्डलाई बुवा सम्वोधन गर्छन् ।

‘बुवाले भित्र बोलाउनुभो’ हाम्रो भनाई अस्विकार गरेपनि कर बलले चितवनको रामपुर स्थित किरण तामाङ्ग उत्थान संघमा छिरेका प्रसिद्धलाई सीताले हातले ईशारा मर्दै मञ्चमा बोलाइन्, तर उनी तत्काल बाहिरीएर भने, ‘मेरो फोटो खिच्न खोजेको हो, थाहा पाईसकेँ !’
भरतपुर महा–नगरपालिकाकी मेयर एवं प्रचण्ड पुत्री रेणु दाहालको छोरा र गंगा दाहालको छोरीसँगै औधी मिल्ने प्रसिद्ध भन्छन्, ‘नयाँ बानेश्वरको विद्यासदन स्कुलमा पढ्छु ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...