देउवालाई ओलीको बाण-‘ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन, लाईसेन्स लिनुपर्छ’,प्रधानमन्त्री छु भन्ने दम्भबाट मुक्त हुनुहोस्



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा मात्रै बसेकोले असली प्रधानमन्त्री अहिले भई नसकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाविरुद्ध खनिएका एमाले अध्यक्ष ओलीले आक्रोश पोख्दै भने,‘उहाँ (प्रधानमन्त्री) देउवाजी अहिले प्रधानमन्त्रीको कुर्सीमात्रै बस्नुभएको छ, ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन र यसको लागि त लाईसेन्स लिनुपर्छ।’

विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी बनाएको आरोप लगाउँदै ओलीले भने,‘अब कांग्रेसको नेतृत्व यो देशमा फाप्दैन, मुलुक समृद्ध बनाउनको लागि पनि वामपन्थीहरुको सरकार बन्नुपर्छ, अब त्यो सपना मंसिरपछि पूरा हुन्छ।’

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गरे ।
उनले अघि भने,‘एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ ।’
अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गरे ।
सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको