देउवालाई ओलीको बाण-‘ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन, लाईसेन्स लिनुपर्छ’,प्रधानमन्त्री छु भन्ने दम्भबाट मुक्त हुनुहोस्



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा मात्रै बसेकोले असली प्रधानमन्त्री अहिले भई नसकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाविरुद्ध खनिएका एमाले अध्यक्ष ओलीले आक्रोश पोख्दै भने,‘उहाँ (प्रधानमन्त्री) देउवाजी अहिले प्रधानमन्त्रीको कुर्सीमात्रै बस्नुभएको छ, ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन र यसको लागि त लाईसेन्स लिनुपर्छ।’

विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी बनाएको आरोप लगाउँदै ओलीले भने,‘अब कांग्रेसको नेतृत्व यो देशमा फाप्दैन, मुलुक समृद्ध बनाउनको लागि पनि वामपन्थीहरुको सरकार बन्नुपर्छ, अब त्यो सपना मंसिरपछि पूरा हुन्छ।’

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गरे ।
उनले अघि भने,‘एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ ।’
अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गरे ।
सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...