मतपेटिकामा एसिड हालेर जलाएपछि चुनाब स्थगित,मंसिर २१ गते फेरी हुने



हाम्रो इकोनोमि

रुकुम (पश्चिम)का दुई वटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि मतदान स्थगित भएको छ ।
बाँफिकोट गाउँपालिका ५ काँडाको रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलको (ख) मतदान केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित भएको हो ।
मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि दुवै मतदान केन्द्रको मतदान स्थगित भएको बताईएको छ । मतपेटिकामा एसिड अथवा अन्य कुनै केमिकल हालिएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट दुवै मतपेटिकामा कति मतपत्रमा क्षेति पुग्यो भन्ने खुल्न सकेको छैन् ।

यसबारेमा निर्वाचन आयोगमा जानकारी गराईएको र अब कहिले निर्वाचन गराउने भन्नेमा निर्णय भैनसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उक्त मतदान केन्द्रमा प्रतिनिधि र समानुपातिक बाहेक अन्य सदस्यको निर्वाचन भने जारी छ ।

मतदान स्थलको (क) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै कांग्रेसका प्रतिनिधि केशववहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने उक्त घटनापछि अवस्था तनावपुर्ण हुँदा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।
त्यस्तै रत्न आधारभुत बिद्यालय बाँफिकोटको (ख) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले कल्पना गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...