सोलुखुम्बुमा स्थानीयले मतदान बहिष्कार गरे,मतपेटिका पुरै खाली,मतदान नगर्नुको यस्तो छ रहस्य



हाम्रो इकोनोमि

सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन् ।

सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका मतदाताले भने मतदान बहिस्कार गरेका हुन् ।
गाउँमा मतपेटिका खाली छन, निर्वाचन अधिकृतहरू कतिबेला मतदाता आउलान् भनेर पर्खिरहेका छन् । तर, गाउँले आफ्ना मेलापातमा व्यस्त छन्, कसैले मतदान केन्द्रतिर फर्किएर पनि हेरेका छैनन् ।

४३ वर्षअघि राजाको प्रत्यक्ष शासनविरुद्ध विद्रोह गरेको सोलुको त्यही गाउँले स्थानीय तह पुनर्संरचना गर्दा विभेद भएको भन्दै मतदानमा सहभागीता नजनाएको हो । तिङ्लाबासीको एउटै मागलाई राज्यले पुरा गरेन । नेचा सल्यान गाविस वडा नम्बर ६ मा राज्यले उक्त गाउँलाई राखेको छ । तर, त्यस गाउँको इच्छा त्यो होइन ।

तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्ने कि नेचा सल्यान गाउँपालिकामा गाभ्ने भन्ने हो । अहिले नेचा सल्यान गाउँपालिकामा गाभिएको छ, जबकि स्थानीयवासी सोलु दूधकुण्ड नगरपालिकामा रहन चाहन्छन । यति मात्र होइन, तिङ्लालाई दुई वडामा नबाँडिएकोमा पनि स्थानीयको विरोध छ । त्यहि विरोधलाई उनीहरूले नो भोटिङमार्फत् पुरा गरेका छन् । कोही मतदानमा सहभागी छैनन् ।

स्थानीयका अनुसार नेचा सल्यान गाउँपालिकाको केन्द्र बेतघारी भन्ने ठाउँमा छ, जहाँ पुग्न तिङ्लावासीलाई ८ घन्टा लाग्छ । उता, तिङ्लाबाट सोलु दूधकुण्ड नगरपालिका २० मिनेट पैदल दुरीमा पर्छ । यति नजिकको नगरपालिकाबाट छुट्टयाएर लगभग दिनभरि लाग्ने नेचा सल्यान गाउँपालिकामा गाभिएकाले तिङ्लावासी आन्दोलित भएका थिए ।

तिङ्लावासीको निम्ति सामान किनमेलदेखि प्रशासनिक कामका लागि समेत सोलु दूधकुण्डमा पर्ने सल्लेरी बजार नजिक पर्छ ।
तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्न सिफारिस गर्ने स्थानीय पुरर्संरचना प्राविधिक समितिको अन्तिम बैठकमा कांग्रेसले भाग लिएको थिएन।

सोलुखुम्बुका कांग्रेस नेता बलबहादुर केसीले तिङ्लालाई नेचा सल्यानमा गाभ्न चाहेको र उनकै दबाबमा कांग्रेसका प्रतिनिधि नआएको आरोप छ । तिङ्ला त्यहि ठाउँ हो जतिबेला कांग्रेसको विद्रोहका क्रममा २०३१ सालमा १३ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...