म्याग्दीमा एमाले उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट



हाम्रो इकोनोमि

म्याग्दी । म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम विस्फोट भएको छ ।

बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।

बेनपा–२ भकुन्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडीभन्दा करिब सात मिटर अगाडिको सडकमा विस्फोट भएको थापाले बताए । शुक्रबार पौने १ बजेतिर ठूलो आवाज आउने गरी विस्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।

विस्फोटबाट कुनै क्षति भने भएको छैन् । विस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । विस्फोटको सूचना पाउनेवित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताए ।

सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो ।

चुनावविरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले विस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...