विभेद अन्त्यका लागि राजपालाई भोटः संयोजक ठाकुर



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटमा उहाँले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको हक अधिकारको ग्यारेन्टी केवल राजपा नेपालले गर्न सक्ने भएकाले आसन्न निर्वाचनमा राजपा नेपाललाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका संयोजक ठाकुरले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका तथा अन्य पीडित वर्गका समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य भएको उल्लेख गर्दै संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने र यसका लागि राजपालाई बहुमतका साथ जिताउन आग्रह गर्नुभयो ।

विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...