ओलीले भने : कांग्रेसका कारण नाकाबन्दी लाग्यो, मैले खुलाएँ,अब ‘वामगठबन्धनलाई दुई तिहाई पक्का’



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका हुन्।

‘एमाले र माओवादी केन्द्रले चुनावका लागि तालमेल गरेका छौं तर हाम्रो उद्देश्य भनेको कसैले ढाल्न, हल्लाउन नसक्ने पार्टी बनाएर जाने हो’ ओलीले सभालाई सम्बोधन गर्दै भने, ‘संसदमा दुई तिहाई सहितको सरकार बनाएर जाने हो, त्यो हैसियतमा हामी पुगिसकेका छौं।’

कांग्रेस नेतृत्वको सरकारले सम्बन्ध बिगार्दा बिगतमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको दावीपनि ओलीले गरे। ‘म सरकार जाँदा कांग्रेस नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेर तीन हप्तादेखि नाकाबन्द थियो’ ओलीले भने, ‘नाकाबन्दी खुल्न समय लाग्यो, तर नाकाबन्दी मैले खुलाएँ।’
ओलीले नाकाबन्दीलाई आधार बनाउँदै अप्रत्यक्ष रुपमा भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि पनि प्रहार गरे। भारतीय नाकाबन्दीका कारण हिन्दूहरुले पुजा गर्ने गाईलाई दानापानीपनि खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै भाजपामाथि प्रहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...