यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीको अवसरै अवसर सिर्जना



काठमाण्डौं । यूरोपमा यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक महत्वपूर्ण सर्वेक्षणको बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

विगत १७ बर्षलाई हेर्दा यस बर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा एकदमै छिटो रफ्तारमा सुधार देखिएको र यसले यूरोप क्षेत्रको अर्थतन्त्रलाई ह्वात्तै बढाएको अध्ययनले देखाएको छ । विश्लेषकहरू भन्छन्, “तथ्याङ्क अनुगमनकारी निकाय आइएचएस मार्किटले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार यूरोपको अर्थतन्त्रले बेलायतको यूरोपबाट हुने बहिर्गमनलाई सामना गर्नसक्ने तथा अर्थतन्त्रका लागि उत्कृष्ट बर्ष हुने देखिएको छ ।”

“यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देश प्रष्ट छ कि यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा छ,” आइएचएस मार्किटका क्रिस विलियमसनले भने, “यूरोपमा अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना भएका छन् त्यसैले व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्न सक्षम बन्ने प्रयास गर्दैछन् ।”

मार्किटले तयार पारेको क्रयशक्ति निर्धारण सूचकाङ्क अक्टोबरमा ५६ रहेकोमा नोभेम्बरमा ५७.५ प्रतिशत पुगेको प्रतिवेदन तयार गर्न सम्लग्न रहेको समूहको दावी छ । सूचकाङ्क ५० भन्दा बढी हुनुलाई सकारात्मक मानिन्छ ।सन् २०११ को मे पछि फ्रान्सको प्रगति उच्च दरमा रहेको पाइएको छ । यसलाई अनुमानभन्दा माथि बताइएको छ र फ्रान्सले जर्मनीलाई यो बर्षसँगै पाँच पर्षमा चौँथो पटक उछिन्न सफल देखिएको छ ।

बेरोजगार दरमा कमी आउनु र पछिल्लो समय देखिएको स्वच्छ आर्थिक वृद्धि हेर्दा यूरोपेली केन्द्रीय वैंकले अक्टोवरमा धितो–पत्रलाई आधा बेच्ने भनी गरेको निर्णयलाई पनि पुष्टी गरिदिएको छ ।तर विलियमसनले भने अझै सङ्कट आउनसक्ने भनी चेतावनी दिए। यद्यपि उनले यूरोपको सवैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीको राजनीतिक समस्यालाई महत्वकासाथ प्रस्तुत गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

विकासको लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका

नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता: प्रसारण लाइन विस्तारले नयाँ गति लिने

    नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन

एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

     मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर