उपप्रधानमन्त्री कमल थापाले यसरी गरे आचारसंहिताको घोर उल्लंघन,निर्वाचन आयोगले किन लगाएन कोर्रा



पहिलो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भईसकेपछि पनि आचारसंहिता बिपरित उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराज्य पुनस्र्थापनाका लागि आफ्नो पार्टीलाई समानुपातिक मत दिनको लागि सामाजिक सञ्जालमा लिखित अनुरोध गरेका छन् ।

उनले आज विहान ७ः२७ बजे फेसबुक र ट्विटर मार्फत आफ्नो पार्टीका लागि भोट मागेका हुन । निर्वाचन आयोगले सरकारमै रहेको व्यक्तिबाट मौन अवधिको घोर उलंघन भएको बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधि शुरु भइसकेको बेलामा सामाजिक सञ्जालमा कसैको पक्षमा भोट माग्न नपाइने बताए । यत्ति विषयमै उम्मेदवारी रद्ध गर्न नमिल्ने भएपछि थापासँग स्पष्टिकरण लिने साथै उक्त विषय आयोगको आचारसँहिता उल्लंघन अनुगमन समितिमा दर्ता भइसकेको ढकालले बताए ।

पहिलो चरणको मतदानको ४८घण्टा अगाडिदेखि मौन अवधि सुरु भएकाले कुनै प्रकारको पनि प्रचारप्रसार गर्न पाइने छैन । फेसबुक, भाइबरजस्ता कुनैपनि सामाजिक सञ्जालबट पनि मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाईने भनि निर्वाचन आयोगले तोकेको छ । तर थापाले आज विहानै फेसबुक र टिवीटरमा लेखेका छन, तपाईको एक मतले राष्ट्रिय पहिचानको रुपमा धार्मिक स्वतन्त्रता सहित हिन्दुराज्य पुनस्र्थापना गर्न तथा आर्थिक सम्बृद्धिकालागि महत्वपूर्ण भुमिका निवार्हगर्ने भएकाले पार्टी भन्दा माथी उठेर समानुपातिक तर्फ रातो मतपत्रमा राप्रपाको गाई चिन्हमा मतदान गरौं ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको