प्रचण्ड पत्नी अझै मुर्छा पर्न थाले पछी प्रचण्डले सबै कार्यक्रम स्थगित गरे,आज फेरी परिवार सहित चितवन जादै गरेका प्रचण्डले के-के गर्दैछन?



एमाले अध्यक्ष केपी शर्मा वलीसँगै संयुक्त रुपमा सम्बोधन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कार्यक्रमहरु अघोषित रुपमा स्थगित भएको छ। गहिरो पुत्रशोकमा परेकी पत्नी सीतालाई आफै सम्हाल्नु पर्ने परिस्थिति सिर्जना भएपछि वलीसँगै सम्बोधन गर्ने कार्यक्रमहरु स्थगित भएका हुन्।

३ मंसीरमा प्रकाशको निधन हुनुअघि वामगठबन्धनको तर्फबाट देशव्यापी रुपमा आयोजित सभाहरुलाई वली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम थियो। त्यसै अनुसार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड ओलीसँगै त्यहाँ पुगेका थिए। झापामा रहँदा पुत्र प्रकाशको निधन भएको थियो।

त्यसपछि ओली एक्लैले काकडभिट्टा र मोरङमा आयोजित सभालाई सम्बोधन गरेका थिए। ५ मंसीरमा चितवनमा आयोजित संयुक्त सभालाई श्रद्धाञ्जली सभामा परिणत गरिएको थियो। शोकका कारण प्रचण्डले त्यहाँपनि सम्बोधन गरेनन्। त्यसयता संयुक्त सभालाई बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने गरेका छन्।

पारिवारिक स्रोतका भनाईमा, एकमात्र छोरा गुमाएकी सीता अझै सम्हालिन सकेकी छैनन्। पहिले भन्दा अलिअलि मान्छे चिन्न सकेपनि पुत्रशोकका कारण नाजुक अवस्थामा छिन्। ‘प्रचण्डबाहेक अरुले सम्हाल्न सक्ने स्थिति छैन’ पारिवारिक स्रोतले भन्यो,‘प्रचण्ड साथमा हुनु भएन भने झन समस्या पर्नसक्छ, त्यसैले उहाँ चुनावी सभामा जाने स्थिति नै रहेन।’

अध्यक्ष वलीका प्रेस संयोजक चेतन अधिकारीलेपनि पूर्व निर्धारित कार्यक्रम अनुसार प्रचण्ड चुनावी सभामा सँगै रहने कार्यक्रम स्थगित भएको बताए। अधिकारीले भने, ‘अनुकूल मिल्यो भने प्रचण्डपनि रहनु होला, तर अध्यक्ष वलीसँगै माओवादी केन्द्रका तर्फबाट बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ रहनु हुने कार्यक्रम बनेको छ।’

चितवनमा वामगठबन्धनको चुनाव प्रचार कमिटीको उपसंयोजक रहेका देवी ज्ञवालीले पनि पारिवारिक स्थितिका कारण वलीसँगै प्रचण्ड संयुक्त चुनावी सभामा जाने स्थिति नरहेको बताए। ‘सीता कमरेड असाध्यै भावविव्हल हुनुभएको छ’ ज्ञवालीले भने, ‘उहाँलाई छोडेर नहिँड्दा नै राम्रो हुन्छ भन्ने सुझावपछि संयुक्त सभामा जाने कार्यक्रम अघोषित रुपमा स्थगित भएका छन्।’

यद्यपी शोकका बीच प्रचण्ड आज परिवारसहित चितवन जाने कार्यक्रम चाहिँ बनेको छ। प्रचण्डको साथमा पत्नी सीता, बुहारी बीना लगायतपनि हुनेछन्। चितवन बसाईका क्रममा प्रचण्डले चितवन लगायत आफ्नो क्षेत्रका मतदातासँग भेटघाट गर्नेछन्। यसबीचमा केही सानातिना चुनावी सभापनि राखिएका छन्, जहाँ प्रचण्ड उपस्थित हुनेछन्। त्यसअवधिमा सीता भरपुर महानगरपालिका प्रमुख रहेकी छोरी रेणु लगायतसँग हुनेछिन्।

ओली र प्रचण्डबीच भेट चाहिँ १८ मंसीरमा चितवनको माडीमा हुने सभामा हुनेछ। चुनाव प्रचार अभियानका क्रममा प्रचण्डले दुई दिन माडीमा बिताउनेछन्। ‘१८ मंसीरमा सभा राखिएको छ, त्यहाँ वलीपनि आउँदै हुनुहुन्छ’ ज्ञवालीले भने, ‘सम्भवतः चुनाव अघि वली र प्रचण्ड कमरेडले संयुक्त रुपमा सम्बोधन गर्ने चुनावी कार्यक्रम त्यही होला।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको