लाजिम्पाटमा प्रकाश दाहालको श्रद्धाञ्जली सभा, मञ्चमै भक्कानिइन् सिता दाहाल !



हाम्रो इकोनोमि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र ‘प्रकाश दाहालको श्रद्धाञ्जली सभा गरिएको छ ।

दाहाल निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता माधव कुमार नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन बैद्य किरण, माले नेता सिपी मैनाली, निवर्तमान सभामुख ओनसरी घर्ति लगायत विशिष्ट अधिकारीहरु उपस्थित रहेका छन् ।

कार्यक्रममा माओवादी पार्टी र प्रचण्ड परिवारको तर्फबाट धन्यवाद पत्र पढेर सुनाइएको थियो । श्रद्धाञ्जली सभामा नेपाल स्थित रहेका विभिन्न कुटनीतिक निकायका अधिकारी समेत सहभागी भएका छन् ।

पुत्र वियोगमा रहेकी प्रचण्डकी श्रीमती सिता दाहालले आज पनि आफूलाई सम्हाल्न सकेकी छैनन् । श्रद्धाञ्जलीका लागि प्रकाशको तस्विरमा टिका र माला लगाउन पुगेकी उनलाई सुरक्षाकर्मीको सहारा लिनु परेको थियो । यता उनका श्रीमान तथा अध्यक्ष दाहालले समेत सितालाई सम्हाल्नु परेको थियो ।

कार्यक्रममा प्रचण्ड नजिकै बसेकी उनी पटक पटक मुख छोपर रोएको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...