लाजिम्पाटमा प्रकाश दाहालको श्रद्धाञ्जली सभा, मञ्चमै भक्कानिइन् सिता दाहाल !



हाम्रो इकोनोमि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र ‘प्रकाश दाहालको श्रद्धाञ्जली सभा गरिएको छ ।

दाहाल निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता माधव कुमार नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन बैद्य किरण, माले नेता सिपी मैनाली, निवर्तमान सभामुख ओनसरी घर्ति लगायत विशिष्ट अधिकारीहरु उपस्थित रहेका छन् ।

कार्यक्रममा माओवादी पार्टी र प्रचण्ड परिवारको तर्फबाट धन्यवाद पत्र पढेर सुनाइएको थियो । श्रद्धाञ्जली सभामा नेपाल स्थित रहेका विभिन्न कुटनीतिक निकायका अधिकारी समेत सहभागी भएका छन् ।

पुत्र वियोगमा रहेकी प्रचण्डकी श्रीमती सिता दाहालले आज पनि आफूलाई सम्हाल्न सकेकी छैनन् । श्रद्धाञ्जलीका लागि प्रकाशको तस्विरमा टिका र माला लगाउन पुगेकी उनलाई सुरक्षाकर्मीको सहारा लिनु परेको थियो । यता उनका श्रीमान तथा अध्यक्ष दाहालले समेत सितालाई सम्हाल्नु परेको थियो ।

कार्यक्रममा प्रचण्ड नजिकै बसेकी उनी पटक पटक मुख छोपर रोएको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...