नेप्से परिसूचक बढयो, ६८ करोडमाथिको सेयर कारोबार !



हाम्रो इकोनोमि

काठमाडौँ। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ८६ प्रतिशत बढेको छ । कारोबार सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिमसम्म नै वृद्धि कायम राख्दा समग्र बजार बढेर बन्द भएको हो।

पछिल्ला केहि दिन औसत ३५ करोडमा झरेको कारोबार रकम बिहिबार बढेर ६८ करोडमाथि उक्लिएको छ।

बिहीबार बजार १३.०३ अंकले बढेर १४९३.०९ अंकमा उक्लिएको छ। १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा बढि साना किसान बैंकको संस्थापक शेयर २१ करोड ९९ लाख रुपैयाँ बराबरको खरिद भएको छ।

१० समुहको कारोबारमा ट्रेडिङबाहेक सबै सूचक बढेका छन्। बैंक ०.८४, होटल १.०९, विकास बैंक १.२८, जलबिद्युत २.४५, फाइनान्स १.२८, बीमा ०.३३, उत्पादनमूलक ०.६३, अन्य ०.५९ र लघुवित्त १.३९ प्रतिशतले बढेका छन्। ट्रेडिङ १.५४ पप्रतिशतले घटेको छ।

सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। बढी गुमाउनेमा हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनी छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...