राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार



हाम्रो इकोनोमि

लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।

आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामै प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधि राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । “बैठकले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश गर्नुपर्ने प्रस्तावका लागि स्वीकृत मागेको थियो”, उहाँले भन्नुभयो, “तर एउटा मात्र संस्थाको सेवासम्बन्धी कुरालाई स्वीकृत दिँदा अन्य वित्तीय संस्थामा पनि प्रभाव पर्दछ । त्यसैले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।”

राष्ट्र बंैकले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली परिवर्तन गरी ३० वर्षे सेवा गरेका कर्मचारीलाई अनिवार्य अवकाश गर्ने स्वीकृत माग गरेको थियो । अहिले राष्ट्र बंैकमा कर्मचारीका लागि ५८ वर्ष उमेर हद कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...