राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार



हाम्रो इकोनोमि

लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।

आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामै प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधि राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । “बैठकले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश गर्नुपर्ने प्रस्तावका लागि स्वीकृत मागेको थियो”, उहाँले भन्नुभयो, “तर एउटा मात्र संस्थाको सेवासम्बन्धी कुरालाई स्वीकृत दिँदा अन्य वित्तीय संस्थामा पनि प्रभाव पर्दछ । त्यसैले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।”

राष्ट्र बंैकले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली परिवर्तन गरी ३० वर्षे सेवा गरेका कर्मचारीलाई अनिवार्य अवकाश गर्ने स्वीकृत माग गरेको थियो । अहिले राष्ट्र बंैकमा कर्मचारीका लागि ५८ वर्ष उमेर हद कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...