आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु



हाम्रो इकोनोमि

उत्तर पूर्वी नाइजेरियाली शहर मुबीमा एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ।

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए। एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको एएफपी समाचार संस्थालाई बताएका छन्।

कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन। तर भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकु समूह बोको हरामले लक्षित गर्दै आएको छ।
बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ।

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुन नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको जस्तो देखिएको बीबीसी संवाददाता बताउँछन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...