आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु



उत्तर पूर्वी नाइजेरियाली शहर मुबीमा एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ।

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए। एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको एएफपी समाचार संस्थालाई बताएका छन्।

कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन। तर भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकु समूह बोको हरामले लक्षित गर्दै आएको छ।
बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ।

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुन नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको जस्तो देखिएको बीबीसी संवाददाता बताउँछन्।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु

    भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित

दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि थिए

    भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको