चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश



चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ। चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ ।

सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन्। चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गरिएको थियो।

‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् । सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ। रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ।

रिपोर्टका अनुसार यो मिसाइलले एकैपटक १० वटा न्यूक्लियर वारहेड प्रहार गर्न सक्छ। यी १० वारहेडले १० फरक फरक ठाउँमा निशाना लगाउन सकिन्छ। १२ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने यो मिसाइल दुश्मनको मिसाइल डिफेन्स सिस्टमलाई पनि झुक्याउन सक्छ । यसको गति १२ हजार ९ सय किलोमिटर प्रतिघण्टा भन्दा पनि बढी छ । यो गतिमा प्रहार गर्दा यसलाई राडारले पनि भेट्टाउन गाह्रो हुन्छ

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार  ०४ : ५४  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ