नेप्सेमा ६ अंकको गिरावट, ३९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार !



हाम्रो इकोनोमि

काठमाडौँ। सोमबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.५६ अंकले घटेर १४६९.१६ अंकमा झरेको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेर ३०९.०८ अंकमा ओर्लिएको छ।बिगत चार कारोबार दिनमा शेयर बजार ४६।८६ अंकले घटेको छ। सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता शेयर ३९ करोड ३८ लाख रुपैयाँमा कारोबार भयो। जसमा सबैभन्दा बढी एभरेस्ट बैंकको शेयर दुई करोड ६७ लाख रुपैयाँमा किनबेच भयो।

सोमबार कारोबारमा आएका नौ समुहमा अन्य बाहेक सबै सूचक घटेका छन्। अन्य ०.३५ प्रतिशतले बढेको छ। बैंक ०.५५, ट्रेडिङ ५.३८, होटल १.०२, विकास बैंक ०.३, जलबिद्युत ०.७४, फाइनान्स ०.५६, बीमा ०.३७ र लघुवित्त ०.६१ प्रतिशले घटेका छन्। सोमबार सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशत कमाएका छन्। नेपाल हाइड्रो डेभलपरका शेयरधनीले करिब नौ प्रतिशत गुमाए। एक महिनाको अवधिमा बजार १३ दिन लगातार घटेर गत साता तीन दिनमात्र बढेको थियो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...