नेप्सेमा ६ अंकको गिरावट, ३९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार !



हाम्रो इकोनोमि

काठमाडौँ। सोमबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.५६ अंकले घटेर १४६९.१६ अंकमा झरेको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेर ३०९.०८ अंकमा ओर्लिएको छ।बिगत चार कारोबार दिनमा शेयर बजार ४६।८६ अंकले घटेको छ। सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता शेयर ३९ करोड ३८ लाख रुपैयाँमा कारोबार भयो। जसमा सबैभन्दा बढी एभरेस्ट बैंकको शेयर दुई करोड ६७ लाख रुपैयाँमा किनबेच भयो।

सोमबार कारोबारमा आएका नौ समुहमा अन्य बाहेक सबै सूचक घटेका छन्। अन्य ०.३५ प्रतिशतले बढेको छ। बैंक ०.५५, ट्रेडिङ ५.३८, होटल १.०२, विकास बैंक ०.३, जलबिद्युत ०.७४, फाइनान्स ०.५६, बीमा ०.३७ र लघुवित्त ०.६१ प्रतिशले घटेका छन्। सोमबार सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशत कमाएका छन्। नेपाल हाइड्रो डेभलपरका शेयरधनीले करिब नौ प्रतिशत गुमाए। एक महिनाको अवधिमा बजार १३ दिन लगातार घटेर गत साता तीन दिनमात्र बढेको थियो।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...