कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु



काठमाण्डौं । सन् १९६० को दशकको कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु भएको छ। नौ जन्मकैदको सजाय पाएका ८३ वर्षीय म्यानसनलाई जेलमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सन् १९६९ मा उनको निर्देशनमा अमेरिकाको क्यालिफोर्नियामा ७ व्यक्तिको हत्या भएको थियो। हत्या गरिएकामध्ये हलिउड अभिनेत्री स्यारोन टेट पनि थिइन्, जो प्रसिद्ध निर्देशक रोमन पोलन्स्कीकी पत्नी थिइन् । उनको घरमा भएका अन्य चार व्यक्तिको पनि हत्या भएको थियो।

‘म्यानसन परिवार’ भनिने आफ्ना समर्थकद्वारा अपराध गराएका म्यासनलाई पहिले मृत्युदण्ड सुनाइएको थियो। तर त्यो बेला समयका लागि सो राज्यमा मृत्युदण्डमाथि प्रतिबन्ध लगाइएका कारण उनलाई जेल सजाय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

  इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा