सानिमा माईको १.४६ लाख कित्ता लिलामीमा, मंसिर ११ गतेदेखि किन्न सकिने



हाम्रो इकोनोमि

काठमाण्डौ । सानिमा माई हाइड्रोको बिक्री नभएको १ लाख ४६ हजार ५ सय ९२ कित्ता सेयर बोलकबोलबाट आगामी मंसिर ११ गतेदेखि बिक्री हुने भएको छ ।

दोश्रो बजारमामा प्रतिकित्ता ५०० रुपैयाँ माथि कारोबार भइरहेको हाइड्रोको सेयर ११ गतेदेखि खुल्ने आवेदनमा इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।यो जलविद्युत आयोजनाको बिक्री नभएको सेयर खरीदका लागि धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार काठमाण्डौ बाहिरबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

सानिमा माई हाइड्रोपावर लिमीटेडले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । सो क्रममा १ लाख ४६ हजार ५ सय ९२ कित्ताका लागि सेयरधनीले आवेदन दिएका थिएनन् । आवेदन नपरेको त्यही सेयर लिलामीको प्रक्रियाबाट बिक्रीगर्न लागिएको हो ।

यो कम्पनीको अबितरित सेयर खरीदका लागि इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुख्य कार्यालय, सनराइज बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० उल्लेख गर्नुपर्नेछ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...