दुई महिनापछी शोधनान्तर बचतमा, राष्ट्र बैंक भन्छ–आर्थिक वृद्धिमा आशावादी



हाम्रो इकोनोमि

नेपालबाट बाहिरिने र भित्रिने रकमको अन्तरको ुशोधनान्तर स्थितिु बचतमा गएको छ। चालु आर्थिक बर्षको अघिल्ला दुई महिनामा घाटामा रहेको शोधनान्तर स्थिति तेस्रो महिनाको अन्तिमसम्म आइपुग्दा बचतमा फर्किएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको अनुसार चालु आर्थिक बर्षको पहिलो ३ महिनाको अवधिमा ४ अर्ब २७ करोडले शोधनान्तर बचतमा छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा १ अर्ब ९७ करोडले शोधनान्तर घाटामा थियो। समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ९६ करोड र प्रत्येक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७ करोड रहेको बैंकले जनाएको छ।

त्यस्तै मुलुकको आर्थिक वृद्धिमा आशाबादी अवस्थामा पुगेको राष्ट्र बैंकको विश्लेषण छ। विभिन्न ४ कारण प्रस्तुत गर्दै राष्ट्र बैंकले देशको अर्थतन्त्र सुधारोन्मुख रहीको बताएको हो।

राष्ट्र बैंकका अनुसार साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिन्छ भने उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिन्छ ।

त्यस्तै होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने देखीएकाले अर्थतन्त्र सुधारोन्मुख भएको राष्ट्र बैंकले जनाएको छ। साथै सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको राष्ट्र बैंकको भनाई छ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...