दोहोरो अंकले घट्यो नेप्से



हाम्रो इकोनोमि

काठमाण्डौं । साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका उपसूचक घटेपछि नेप्से १३.३४ अंकले घटेर १४७५.७२ बिन्दुमा झरेको छ ।आज १५६ कम्पनीका ११ लाख ५५ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट कुल ४५ करोड ५२ लाख ७ सय २९ रुपियाँको कारोबार भएको छ ।

आज एभरेस्ट बैंकको सबै भन्दा धेरै ७ करोड ६६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कमाउनेमा सोल्टी होटेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स , अरुण काबेली पावर लगायत रहेका छन् ।

आज गरिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ३.५९ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, महिला सामुदायिक लघुवित्त लगायत रहेका छन् ।

आज नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सर्बाधिक ९.१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा महिला लघुवित्त विकास बैंक, गुडविल फाइनान्स, ओरियन्टल होटेल्स, समिट माइक्रोफाइनान्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...