काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।

रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै उहाँले काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताउनुभयो ।

रौनियार सेवा समितिका अध्यक्ष लालबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ खका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम साह तथा सत्यनारायण साह, राधेश्याम गुप्ता, सुधीरकुमार साह, मनमोहन साह, रामप्रताप रौनियार, पुरन गुप्ता, राजकिशोर गुप्ता, हंशराज गुप्ता लगायतले आआफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...