करिब चार सय जनाको निःशुल्क मिर्गौला परीक्षण



हाम्रो इकोनोमि

स्याङ्जाको वालिङ–४ एलादी स्वास्थ्यचौकीमा शनिबार सञ्चालन भएको एकदिने निःशुल्क मिर्गौला परीक्षण शिविरमा करिब ४०० जना लाभान्वित भएका छन् ।

शिविरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा प्रेसर र सुगर भेटिएकाले खानपानमा विशेष ध्यान दिन मिर्गौला रोग विशेषज्ञ सन्तोष गुरुङको सुझाव छ । “परीक्षण गरिएकामध्ये मिर्गौलासम्बन्धी जटिल समस्या देखिएनन्”, विशेषज्ञ गुरुङले भन्नुभयो, “तत्काल समस्या नदेखिए पनि मिर्गौलाको परीक्षणसँगै यसलाई जोगाई राख्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि हामीले सचेत गराएका छौँ ।”

एलादी स्वास्थ्य चौकीको आयोजना, आँधीखोला तमु समाज काठमाडौँको संयोजन, रोटरी क्लब अफ दी हिमालयन गोर्खा काठमाडौँको प्रायोजन र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर तथा आरज्ञ प्रतिष्ठान पुल्चोक ललितपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । ग्रामीण इलाकामा आएर मिर्गौलासम्बन्धी परीक्षण शिविर राखेकाले आफूहरुको खर्च नहुने, समयको बचत हुने र आफ्नै गाउँ ठाउँमा उपचार तथा परामर्श सेवा पाउँदा स्थानीयवासी निक्कै हर्षित भएका एलादी स्वास्थ्य चौकीका प्रमुख शार्दुल अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...