गगन थापालाई पछार्ने राजन भट्टराईका यस्ता छन् योजना,पढ्नुहोस दमदार अन्तर्वार्ता



हाम्रो इकोनोमि

तपाईंकै एक उपल्लो तहको नेताले चुनावी खर्चका कारण उम्मेदवार हुन सकिन भन्नुभयो । चुनाव खर्चिलो हुँदै गएको हो ?

चुनाव खर्चिलो भएको छ । चुनावको प्रणालीका बारेका हामीले राष्ट्रिय बहस चलाउनुपर्छ । हामीले व्यवस्था गरेको प्रावधानलाई बहसमा नल्याउने हो भने भविष्यमा चुनावी खर्चले समस्याले ल्याउँछ ।

तपाईंको दैनिक खर्च पनि बढिरहेको छ । प्रचार प्रसारका लागि खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?

खर्चको समस्या त परेको छ । यद्यपि हाम्रो स्थानीय तहबाट नै जुटाउने काम भएको छ । मैले पैसा दिनुपरेको छैन । स्वभाविक रूपमा पार्टी सदस्यहरूसँग सहयोग जुटाइरहेका छौँ । पेसा व्यवसायमा लागेकाले निश्चित रकम दिनुपर्ने र दलको सामान्य समर्थकले केही सहयोग गर्ने निर्णय गरेका छौँ । यद्यपि उठेको भने छैन ।

जोडतोडले चुनावी प्रचारमा खटिरहनुभएको छ । तपाईंको अवस्था कस्तो पाउनुभयो ?

–राम्रो पाएको छु । जनताको मप्रतिको, हाम्रो पार्टीप्रतिको वा पार्टीको कार्यक्रमप्रतिको समर्थन धेरै राम्रो छ । यो ४ नम्बर क्षेत्रमा वामप्रतिको समर्थन धेरै राम्रो छ ।

तपाईं स्थानीय मतको आधारमा अलि बढी उत्साहित हुनुभएको हो ?

– वामपन्थीको यहाँ बाहुल्य मत हो । आम जनताको राष्ट्रिय मुद्दाको मार्किङ गरेको छु । वैशाखमा हाम्रो अवस्था फर्काएका छौँ । त्यसलाई निरन्तरता दिने हो । स्थानीय मतको आधार र अहिलेको घरदैलोको आँकलन गरेर भनेको हुँ । आम मतदाता, तटस्थ मतदाता तथा राजनीतिक दलहरूबाट राम्रो रेस्पोन्स पाएको छु । मेरो आपm्नो पार्टीका तल्लो इकाइहरू र पत्रकार साथीहरूबाट पाएको प्रतिक्रियाका आधारमा भनेको हुँ ।

घरदैलोमा आम मतदाताको गुनासो तथा समस्या के पाउनुभयो ?

– घरदैलोमा धेरै समस्या त बुझ्न सकिन्न । अन्तक्रिया गरेर बुझ्ने समय हुँदैन । छोटकरीमा मात्रै कुरा हुने हो । हामी वडाका टोल टोलमा पुगेका छौं । क्लस्टर अनुसार भेला गरेका छौं । त्यहाँका समस्या छलफल गरेका छौं । जनप्रतिनिधिहरू स्थानीयका प्रत्येक समस्या परिचित हुनुहुन्छ । पहिलो पानी, दोस्रो बाटोघाटो, तेस्रो यहाँको ट्राफिक जाम, चौथो यहाँको धुलो र पाचौँ सर्वसाधारणले बाटो क्रस गर्न नसक्ने अवस्था छ । यिनै यहाँका प्रतिनिधिमूलक समस्याहरू हुन् ।

गगन थापाले कुनै अवस्थामा चुकेको पनि छु, जसले गर्दा सोंचेअनुसार गर्न सकिन भनी स्विकारोक्ति छ । तपाईंले अघि बोल्ने क्रममा बाटोको समस्या तीन महिनामा अन्त्य गर्छु भन्नु भयो । सम्भव छ ?– हामीहरू लागि पर्यौ भने त्यो सम्भव छ । हामीले जनतामा गएर मत माग्दा दिएका वचन न्यूनतम त पालना गर्न पर्र्यो । एउटा नागरिकले पाउनुपर्ने न्यूनतम सुविधा पाउनुपर्यो । खानेपानी कुरा गरौँ । तपाईंले कति प्रयत्न गर्नुभयो जनताले हेर्ने त्यो हो । हरेक वर्ष कपन बाटोका कारण नाकाबन्दि भयो भन्ने सुनिन्छ । अनि हरेक वर्ष कपनको एउटा पनि बाटो नबन्ने हुन्छ ?मैले जनतासंग भनेको छु ।पाँच वर्षसम्म पनि जनताका समस्या उस्तै रहे भने म पुनः भोट माग्न आउँदिन ।
तपाईंका प्रतिस्पर्धी पनि युवा पुस्ताका प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?

–वामपन्थीहरूले साझा उम्मेदवार र साझा नीति बनाएर हिँडेका छौं । नेपाली काङ्ग्रेस केही पार्टीहरूसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको छ । विगतमा निर्वाचन जितेका उम्मेदवारहरू पछि हारेका पनि छन् । सामान्य पृष्ठभूमिका उम्मेदवारले जितेका छन् । त्यो के हो त भन्दा विगतमा सङ्गठन र जनतामा कति गएका छन् भनी हेर्नुपर्छ । व्यक्तिको भूमिका प्रधान हुँदैन । गौढ हुन्छ । तर हुुँदै हुँदैन चाहिँ म भन्दिनँ ।

तपाईंले जित्नुभयो भने जनताका पक्षमा गर्ने कार्यहरू के–के हुन्?

–एउटा त राष्ट्रिय राजनितीक मुद्दामा केन्द्रित हुने भइहाल्यो । संविधान कार्यान्वयनमा, आर्थिक वृद्धि, समृद्धिको मुद्दा, राष्ट्रियताका मुद्दा तथा स्वाधीनताका पक्षमा उहाँहरूको प्रतिनिधि पछि परेको हुनेछैन । स्थानीय तहमा यहाँ देखिरहेको भयावह अवस्था छ । विशेषगरी खानेपानी, बाटो, ट्राफिलगायतका समस्याहरूको न्यूनीकरण गर्ने प्रयास गर्नेछु । जनताका समस्यालाई प्राथमिकतामा राखेर त्यसका पनि प्राथमिकता निक्र्यौल गर्नेछौं । स्थानीय स्रोत साधनले भ्याउने काम स्थानीय स्रोत साधनले र स्थानीय स्रोतले नभ्याउनेलाई केन्द्रीय बजेट छुट्याएर तदरुकताका साथ काम गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...