देउवा सरकारले भारतलाई दिन चीनसँग यसरी खोस्यो ९ सय मेगावाटको बुढीगण्डकी,भारतीयले भने देउवा साच्चिकै महान



हाम्रो इकोनोमि

भर्खरै चिनियाँ कम्पनीबाट खोसिएको ९ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत परियोजना भारतलाई दिनका लागि चीनसँग खोसिएको खुलासा भएको छ । भारतीय कम्पनी एनएचपीसीलाई दिनको लागि यो परियोजना चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीजसँग खोसिएको भारतको प्रमुख अखबार टाइम्स अफ इण्डियाले जनाएको छ । गेजुवा चीन सरकार अन्तर्गतको कम्पनी हो भने एनएचपीसी भारतको पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।

समाचारमा जनाइएअनुसार चिनियाँ कम्पनीलाई दिइएको काम फिर्ता लिएर भारतीय कम्पनीलाई दिनु भनेको नेपालमाथि भारतको प्रभावका कारण हो । प्रचण्डको सरकारका पालामा बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिने सम्झौता भएको थियो । समाचारमा ‘यो क्षेत्र (दक्षिण एसिया)मा भारत र चीनबीच को हावी हुने भन्ने प्रतिस्पर्धा चलिरहेको’ उल्लेख गर्दै यो परियोजना चीनबाट लिएर भारतलाई दिने तयारीले भारतको जीत भएको अप्रत्यक्ष रुपमा दावी गरिएको छ ।

समाचारमा नेपालमा लगानीको लागि चीनले आफूलाई भारतको सट्टामा आकर्षक विकल्पको रुपमा उभ्याउन खोजेको दावी गरिएको छ । पत्रिकाले अप्रत्यक्ष रुपमा चीन भन्दा भारतसँग यस्ता काम गर्दा नेपाललाई फाइदा हुने घुमाउरो सुझावसमेत दिएको छ । अमेरिकाले भारतसँग नजिकको सम्बन्ध बढाउँदै लगेको र चीनसँग प्रतिस्पर्धी रहेकोले नेपाललाई भारततर्फ लाग्दा फाइदा हुने पत्रिकाको टिप्पणीको सार छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...