देउवा सरकारले भारतलाई दिन चीनसँग यसरी खोस्यो ९ सय मेगावाटको बुढीगण्डकी,भारतीयले भने देउवा साच्चिकै महान



हाम्रो इकोनोमि

भर्खरै चिनियाँ कम्पनीबाट खोसिएको ९ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत परियोजना भारतलाई दिनका लागि चीनसँग खोसिएको खुलासा भएको छ । भारतीय कम्पनी एनएचपीसीलाई दिनको लागि यो परियोजना चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीजसँग खोसिएको भारतको प्रमुख अखबार टाइम्स अफ इण्डियाले जनाएको छ । गेजुवा चीन सरकार अन्तर्गतको कम्पनी हो भने एनएचपीसी भारतको पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।

समाचारमा जनाइएअनुसार चिनियाँ कम्पनीलाई दिइएको काम फिर्ता लिएर भारतीय कम्पनीलाई दिनु भनेको नेपालमाथि भारतको प्रभावका कारण हो । प्रचण्डको सरकारका पालामा बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई दिने सम्झौता भएको थियो । समाचारमा ‘यो क्षेत्र (दक्षिण एसिया)मा भारत र चीनबीच को हावी हुने भन्ने प्रतिस्पर्धा चलिरहेको’ उल्लेख गर्दै यो परियोजना चीनबाट लिएर भारतलाई दिने तयारीले भारतको जीत भएको अप्रत्यक्ष रुपमा दावी गरिएको छ ।

समाचारमा नेपालमा लगानीको लागि चीनले आफूलाई भारतको सट्टामा आकर्षक विकल्पको रुपमा उभ्याउन खोजेको दावी गरिएको छ । पत्रिकाले अप्रत्यक्ष रुपमा चीन भन्दा भारतसँग यस्ता काम गर्दा नेपाललाई फाइदा हुने घुमाउरो सुझावसमेत दिएको छ । अमेरिकाले भारतसँग नजिकको सम्बन्ध बढाउँदै लगेको र चीनसँग प्रतिस्पर्धी रहेकोले नेपाललाई भारततर्फ लाग्दा फाइदा हुने पत्रिकाको टिप्पणीको सार छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...