यसकारण बर्षमान र जनार्दनलाई विप्लबले निसानामा पारे,विप्लबको बुझाई दुवै भारतीय दलाल?



२०५२ सालको तत्कालीन माओवादी जनयुद्धका दौरानमा रुकुमका एमाले नेता तथा सांसद यदु गौतमको घाँटी रेटेसँगै बिद्रोहको आगो दन्काउदा नेत्रविक्रम चन्द, जर्नादन शर्मा र वर्षमान पुनहरु एकै मोर्चामा थिए।

उनीहरुको साथसाथमा संघर्ष दशक लामो भूमिगत युद्धका दौरान जारी रह्यो। तर, जसै माओवादी २०६३ मंसिर ५ को बृहत शान्ति सम्झौतामार्फत शान्त राजनीतिमा अवतरित भयो, तब विप्लव वर्षमान पुन र जर्नादन शर्माहरुबाट टाढिदै गए। अहिले ०७४ को चुनावसम्म आइपुग्दा उनै पुन र शर्मालाई सफाया गर्ने मोर्चामा विप्लव खडा हुँदै गर्दा बढिरहेका छन आन्तरिक वाम संघर्षका नयाँ पेचिला लडाई। अनि त्यसको मार र भार परिरहेको छ संविधान कार्यान्वयनको चुनावी लक्ष्यमा।

‘भाइ फुटे गवार लुटे’ उखान जस्तै भैरहेको छ अहिले निर्वाचन लक्षित माओवादी केन्द्रका नेताहरुमाथिको आक्रमण। माओवादीका नेता तथा पूर्वमन्त्रीहरु पुन र शर्मा मुख्य निशानामा छन। सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको रोल्पा बन्द र तत्कालीन माओवादी जनयुद्धको उद्गम स्थल रुकुम तथा रोल्पाका माओवादी उम्मेदवारमाथि नै लक्षित आक्रमणले प्रष्ट पार्छ, यी आक्रमणहरु विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सुनियोजित आक्रमणहरु नै हुन।

निर्वाचनमा भाग नलिएको, प्रचण्ड नेतृत्व ‘माओवादी’को संसदवादी यात्रालाई कडा आलोचना र उसकै शब्दमा शसक्त विरोध तथा भण्डाफोर गर्दै आएका विप्लव नेतृत्वको पूर्वमाओवादी नै अहिले चुनाववादी माओवादीलाई बम र बारुदले उडाउन उद्धतमा देखिएको छ।

र, अहिले ५० को दशकमा सँगै मिलेर यदु गौतमको सफाया गर्ने पुन, शर्मा र विप्लवमध्ये विप्लव नै पुन र शर्माहरुको सफायाका लागि असफल आक्रमणमा उत्रिरहेका छन। विप्लवलाई उतिबेला मारिएका गौतमकै नियतिमा अहिले पूर्वसहकर्मी पुन र शर्माहरुलाई सफाया गर्नुछ। संसदीय राजनीतिको बिडो थाम्न चुनावी समरमा होमिएका पुन र शर्माहरुलाई विपक्षी लोकतान्त्रिक गठबन्धनसँग चुनावी श्रेष्ठताका लागि संघर्ष जित्नु मात्रै चुनौती छैन। पूर्वसहयात्री विप्लव आक्रमण र प्रहार छेल्न र झेल्न हम्मेहम्मे परिरहेको छ।

सतहमा आक्रमणको मुख्य निशानामा पूर्वअर्थमन्त्री पुन र शर्मा नै पर्नुमा उनीहरुको सत्ताकालीन भूमिका नै जिम्मेवार देखिन्छ। रुकुम र रोल्पाका उनीहरु प्रचण्ड माओवादीका अगुवा र खम्बा भएकाले विप्लव दलले ती क्षेत्रमा आफ्नो पनि प्रभुत्व प्रमाणित गर्न ताकेर आक्रमण गरेको हो। त्यसमाथि तत्कालीन अर्थमन्त्रीका रुपमा पुनले प्रदर्शन गरेको शासकीय दम्भ र क्रियाकलापबाट इरिटेड भएका विप्वका नेता कार्यकर्ताले उनीमाथि बदलाको शक्ति प्रदर्शन पनि यही आक्रमणबाट गरेका हुन। चुनाव बिथोल्ने पार्टी नीतिको निहुँमा माओवादी आन्दोलनलाई धोका दिने भनिएका माओवादी केन्द्र उपर जाई लाग्ने र बदला लिने मौकामा विप्लवको दलले आक्रमण गरिरहेको घटना क्रमले देखाउछ।

जनयुद्धकालीन प्रचण्ड नेतृत्वको माओवादी जसै संसदीय राजनीतिको पक्षपोषक भएर उदाउँदै गयो। वर्षमान पुन दक्षिण छिमेकका नयाँ विश्वास पात्रमा उदाउँदै गएको विप्लव नेतृत्वका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको बुझाई छ। उहिलेको माओवादीलाई भारतीय डिजाइनको नेपाली वाम मानिए अहिलेका विप्लवहरु उनीहरुकै दाबी जस्तै भारत विरोधी नै हुन भने, तारन्तार वर्षमान पुनलाई नै निशानामा पारेर भारतलार्इ तर्साउने रणनीति अख्तियार पनि हुन सक्छ। किनभने भारतका दाहिने हात बनेर अर्थमन्त्री भएका पुनले भारतलाई रिझाउन धेरै घातक कदम चालेका विप्लवहरुको बुझाई रहेका नेताहरु नै बताउने गरेका छन।

अर्को पक्ष संसदीय राजनीतिमा आएपछि माओवादीभित्र धेरै लाभ लिने र अस्वभाविक आर्थिक तथा सत्ताशक्तिमा उदाएका मात्रै होइन प्रत्यक्ष हाबी भैरहेका नेता हुन पुन। उनले प्रचण्डको दाहिने हात र भारतको विश्वास पात्र भएर सत्ता राजनीतिमा भित्री खेलाडीको काम गरेका तथ्यहरु केपी ओलीदेखि प्रचण्ड र शेरबहादुर देउवासम्मका सरकारमा उनको चलखेलले पुष्टि गरेको छ।

प्रचण्डको प्रधानमन्त्री कालमा आफूमाथि महाअभियोग लगाउनु पूर्व भेटेर मुद्दाहरुलाई प्रभाव पार्न वर्षमानले ताकेता गरेको खुलासा निवर्तमान प्रधानन्यायधीश सुशिला कार्कीले यसअघि नै सार्वजनिक गरिसकेकी छन। न्यायधीश नियुक्तिमा होस वा शासकीय कर्ममा प्रचण्डको वरिपरी रहेर वर्षमानले वालुवाटारदेखि सिंहदरवारसम्म खुट्टो निकै घुमाए।

लाभका अवसर बटुल्नमा कुनै कसर बाँकी राखेका नेता होइन्न वर्षमान। उनले आफू ०७० को निर्वाचन हारेकाले सत्तामा बसेर खुट्टो घुमाउन नपाए पनि प्रचण्डको दायाबाया बनेर शक्तिमा खेलिरहे। फलतः धर्मपत्नी तथा माओवादी नेतृ ओनसरी घर्तीलाई पहिलो महिला सभामुख बनाउन सके। पार्टीभित्र एकलौटी सत्ता संचालन गरिरहे।

त्यही वर्षमान पथमा अर्को ध्रुबबाट उदाइरहेका नेता हुन शर्मा पनि। उर्जामन्त्री कालको लोकप्रियताको आडमा उनले आन्तरिक पार्टी सत्तामा हालीमुहाली बढाउँदै लगेका छन। आफूलाई वैकल्पिक प्रचण्डमा प्रस्तुत गर्ने गरी उदाउन खोज्ने वर्षमान र जर्नादन विप्लवका पनि तारो बनेका छन। र, प्रचण्डमाथि वर्षमान र जर्नादनको दबदबालाई चुनौती दिन तथा उनीहरुको उदाउदो संसदीय शक्तिलाई हच्काउन पनि पूर्वसहकर्मी विप्लवहरुले यो स्तरको आक्रमण बढाएका हुन।

तत्कालीन प्रधानन्याधीश कार्कीमाथि प्रचण्डलाई नै बेखबर पारेर नक्कली हस्ताक्षरसहित महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्नेदेखि पार्टी सत्तामा प्रचण्डबाहेक अरु कसैलाई टिक्न नदिने रणनीतिमा रहेका जर्नादनलाई गृहजिल्लामा ठेगान लगाइदिने विप्लवको रणनीति अनुसार उनीमाथि आक्रमण जारी रहेको हो। उनले उर्जामन्त्री कालमा पाएको लोकप्रियताको जगमा गृहमन्त्री कालमा विप्लव दलमाथि लादेको दमनको नीति पनि उनीमाथिको आक्रमण श्रृखलाको कारण हो। किनभने कुनै पनि पञ्चायती मन्त्रीको दमन शैलीलाई बिर्साउने गरी गृहमन्त्री जर्नादनले विप्लव पार्टीमाथि आक्रामक र दमनकारी रवैया शुरुदेखि बिना विभायीग हुँदासम्म खनिएका थिए।

 

पूर्वअर्थमन्त्री पुन र शर्मामाथिको आक्रमण श्रृङ्खला
मध्यपश्चिमका रोल्पा र रुकुममा उम्मेदवारहरुको सुरक्षाका लागि चुनौती बढाउने सन्देश जाने गरी दैनिक गोली प्रहार र विद्युतीय धराप थाप्ने काम भएका छन। अज्ञात समूहका नाम भनिए पनि ती आक्रमण विप्लवको दलले गरेको ओपन सेक्रेट छ। रोल्पामा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनमाथि गोली प्रहार र विद्युतीय धरापमा पार्न खोजिएको थियो। तर, सुरक्षा निकायले त्यसलाई विफल पारिदिए। आइतबार चुनावी प्रचारप्रारका लागि जाँदै गर्दा रोल्पाको दुईखोलामा भिरमाथिबाट ढुंगा गुल्टाएर फायरिङ् गरेका थिए।

यसअघि रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी शनिबार मध्यान्ह माइन बम विस्फोट गरियो। सुकिदह गाउँपालिकामा चुनावी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएको थियो। विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाए पनि बम कसले राखेको हो भन्ने पुष्टि गरेन, तर त्यो विप्लव दलकै असफल आक्रमण थियो।

अघिल्लो दिन शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मा चढेको गाडी लक्षित गरी बम प्रहार भयो। त्यस घटनामा पनि शर्मा बच्न सफल भए।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको