सरकारी स्वामित्वको अरबौ मुल्यको जग्गा ब्यक्तीका नामबाट किनबेच, अबैध जग्गामा घर बनाउने एनआरएनको यस्तो छ फुर्ती



हाम्रो इकोनोमि

सरकारी स्वामित्वको जग्गालाई केही ब्यक्तिहरुको मिलेमतोमा ब्यक्तिका नाममा दर्ता गरि खरिद बिक्रि गरिएको पाइएको छ । मालपोत कार्यालय डिल्लीबजारले ललिता निवास बालुवाटारको ११२ रोपनी जग्गा सुनिती राणा, रुक्म शम्शेर ज।व।रा। समेतका नाममा गैरकानूनी रुपमा दर्ता गरेको हो ।

सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता गरिएपछि स्थानीयले त्यस विरुद्ध संघर्ष समिति नै बनाइ सो दर्ता खारेजीको माग गरेका छन् । संघर्ष समितिले मालपोत कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै जग्गाको दर्ता खारेज गर्न माग गरेको हो ।

सरकारी सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिका अध्यक्ष अर्जुन बासुले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतलाई बोधार्थ दिई पठाएको ज्ञापन पत्रमा ललिता निवास वालुवाटारमा सुर्वण सम्शेर र निजका छोरा कञ्चन सम्शेरको अंश भाग १४ रोपनी ११ आना मात्र जफत भएको बाँकी २८४ रोपनी १४ आना ३ पैसा जग्गा र सो मा बनेका घर सबैको मुआब्जा सम्बन्धित व्यक्तिहरुले प्राप्त गरीसकेपछि उक्त जग्गाको साविक लगत ९श्रेस्ता० २०२२ साल देखि नै सरकारले खारेज गरिदिएको उल्लेख छ ।

बालुवाटारस्थित सभामुखको सरकारी आवासको पश्चिमपट्टी रहेको उक्त सरकारी जग्गा धेरै समयदेखि खाली थियो । सरकारले २०२१ सालमा जफत गरेको उक्त जग्गा मालपोतका केही कर्मचारीहरुसँगको मिलेमतोमा जग्गा माफियाहरुले आफ्नो नाममा दर्ता गराएका थिए । सोही जग्गा उनीहरुले एनआरएनएलाई बेचेका हुन् ।

तत्कालिन पञ्चायत सरकारले २०२१ सालमा ६ वटा दरबारहरु महाविर भवन नक्साल (हाल प्रहरी हेडक्वाटर), सीता भवन (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग), हरिहर भवन पुल्चोक, लक्ष्मि निवास महराजगन्ज (हाल भैरबनाथ गण र शीतलनिवास), बबरमहल र ललिता निवास बालुवाटार गरि करिब १ हजार ४ सय रोपनी जग्गा अधिग्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...