बर्षमान पुनको क्षेत्रमा बन्चरोले हानेर हजुरबुवाले गरे छोरी र दुई नातिनीको हत्या



हाम्रो इकोनोमि

रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आइकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छोरी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...