नयाँ आइजीपीको लिगलिगे दौड सुरु हुन थाल्यो,सर्बेन्द्र कामले खारिदै,रमेश खरेल कता छन् नारिदै ?



हाम्रो इकोनोमि

डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किए । उनको आगमनसँगै भावी आइजीपीको नेतृत्वका लागि आन्तरिक दौड चलेको छ ।
राष्ट्रसंघ अन्तरगत सुडानमा कार्यरत खरेल प्रचार गर्दै राजधानी ओर्लिए । निरन्तर जनताको काममा खटिएका सर्वेन्द्र खनालको कामदेखे खरेल एकाएक ओर्लिएकाहुन्,हेडक्वाटरमा चर्चा छ ।

सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर, नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडे समाचार स्रोत भन्छ ।खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् भन्ने गरिएको छ । पछिल्लो समय जनताका काममा निरन्तर खटिएका सर्वेन्द्र खनाललाई उनका ब्याचीहरुले भेट्न गाह्रो छ,प्रहरी हेडक्वाटरका एक उच्चअधिकारी भन्छन् ।

अहिलेकै ऐन-नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्यालसहित सबै एआईजीले अवकाश पाउनेछन् । त्यो अवस्थामा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की ,उत्तम कार्की लगायतका डिआईजीहरु मध्ये एक आईजिपी हुने छन् ।

आईजिपीका लागि पछिल्लो ३ बर्षको कार्य सम्पादन मुल्यांकनका आधारमा छनोट गरिन्छ । सर्वेन्द्र खनाल निरन्तर संगठन र जनताको काममा सक्रिय छन् । बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनालको काविलताका बारेमा सर्वत्र चर्चा समेत छ ।

दोश्रो नम्बरमा डिआइजी रमेश खरेल कुनैबेला निकै चर्चामा थिए । मिटर ब्याजका कारण उनी विवादस्पद प्रहरी अधिकारीमा दर्ज भएकाछन् । उनको आडमा श्रीमतीले मिटर ब्याजमा रकम लगाउदैँ पैसा असुल्ने गरेको आरोप छ ।
त्यसैगरि तेस्रो बरियातामा पुष्कर कार्की रहेकाछन् । चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, थापा पनि विवादस्पद प्रहरी अधिकारी हुन् । छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी रहेकाथिए । जोशीलाई प्रहरी संगठन भित्र रकमी प्रहरी अधिकारीको रुपमा चित्रण गरिन्छ ।

नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा भएका थिए ।
आईजिपीको दौडसँगै प्रहरी भित्र सर्वेन्द्रको कार्य क्षमताका बारेमा निरन्तर प्रसंशा छ । उनको प्रसंशा देखेर रमेश खरेल लगायतका डिआईजीहरु ट्वाल्ल परेकाछन् ।

त्यसो त संगठन प्रति इमान्दार चरित्र र लगाव हेरेर आइजीपी छान्ने हो भने सर्वेन्द्र निकै अगाडिछन् । डिआइजीको बढुवा सूचिमा ८४ दशमलब ४७३४ अंकसहित खनालको बढुवा १ नम्बरमा गरेको थियो । दोस्रो नम्बरमा रमेशप्रसाद खरेल बढुवा भएका हुन । उनलाई ८३ दशमलब ८५१० अंक दिइएको थियो ।
आइजीपी नियुक्तीमा पछिल्ला २,३ बर्षको निकै मुल्यांकन हुने भएकाले पहिलो नम्बरमा रहेका खनाल निरन्तर संगठन र जनताको काममा अग्रपंतिmमा देखिएका छन् न्युज अभियानले उल्लेख गरेको छ ।

उता खरेलसँगै आइजीपीको रेसमा नारिएका खरेल भरतपुर तालिम केन्द्रको नेतृत्व लिँदै गर्दा विवादमा परेका थिए भने संयुक्त राष्ट्रसंघीयको शान्ति मिसनबाट भर्खर स्वदेश फर्किएका प्रहरी अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...