यी क्षेत्रमा हुदैछ रोचक भीडन्त,बाबुराम,गगन हार्ने संकेत देखी राजेन्द्र लिङदेनले जित्ने सम्मको यस्तो आयो गोप्य रिपोर्ट



पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब मात्र १७ दिन बाँकी छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएको ११ दिनपछि दोस्रो चरणको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी निकै बढेको छ।

पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोरखा क्षेत्र नम्बर एकको हुने गरेको छ। यो क्षेत्रमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच प्रतिश्पर्धा हुँदैछ।

पहिलो चरण निर्वाचनमा गोरखा चर्चामा रहेपनि दोस्रो चरणको निर्वाचनमा भने यो पटक धेरै नेताहरु आमने सामने हुँदैछन्। हामीले एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेका चर्चित नेताका विषयमा जानकारी दिने प्रयास गरेका छौं।

गोरखा क्षेत्र नम्बर–२

यसअघिका निर्वाचनमा सधैं विजयी हुँदै आएका डा. बाबुराम भट्टराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठ यो पटक चुनावमा प्रतिश्पर्धामा उत्रिएका छन्। माओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका भट्टराई नेपाली कांग्रेसका पनि उम्मेद्वार हुन्।

उनलाई कांग्रेसले समर्थन गरेको छ भने श्रेष्ठ वाम गठबन्धनमा साझा उम्मेद्वार हुन्। दुई ‘हेववेट’ नेताले एउटै क्षेत्रबाट उम्मेद्वारी दिएपछि दुई मध्ये एक नेतालाई जिताउनुपर्ने बाध्यता गोरखा–२ का मतदातालाई छ।

धनुषा क्षेत्र नम्बर–३

आफ्नो गृहजिल्ला छोडेर धनुषा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न राजेन्द्र महतो आएपछि धनुषा क्षेत्र नम्बर तीनले सबैको ध्यान तानेको छ। कांग्रेसभित्र पछिल्लो समय निकै प्रभावशाली मानिएका नेता विमलेन्द्र निधिको निर्वाचन क्षेत्रमा ६ महिना लामो नाकाबन्दीका सुत्राधार मानिएका राजेन्द्र महतोपनि चुनाव लड्न आएपछि यो क्षेत्रमा निकै रोचक प्रतिश्पर्धा हुने भएको छ।

निधि यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए भने महतोको गृहजिल्ला सर्लाही हो। उनी यो पटक सर्लाही छोडेर धनुषाबाट चुनाव लड्दै छन्।

आफूलाई मधेसको ‘मसिया’ दाबी गर्ने राजेन्द्र महतो र मधेसमा कांग्रेसको विरासत जोखाउनुपर्ने बाध्यतामा रहेका विमलेन्द्र निधिमध्ये एकजनालाई रोज्नुपर्ने बाध्यता धनुषा तीनका मतदातालाई छ।

काठमाडौं क्षेत्र नम्बर– १

नेपाली कांग्रेसको गढका रुपमा चिनिएको काठमाडौं क्षेत्र नम्बर एकमा कांग्रेसका प्रभावशाली नेता एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेद्वारी दिएका छन्। यसअघि दुवै संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका सिंहलाई यो पटक भने विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले टक्कर दिने संभावना छ।

लामोसमय पत्रकारिता गरेका मिश्र केही समय अगाडि मात्र पार्टी खोलेर राजनीतिमा होमिएका हुन्। परम्परावादी राजनीतिक दलले मुलुक बनाउन नसक्ने भन्दै राजनीतिमा होमिएका मिश्रप्रति मतदाताको राम्रो झुकाव रहेको छ।
उनको आक्रामक चुनाव प्रचार शैली र सामाजिक संजालमा देखिएको लोकप्रियता प्रकाशमान सिंहकालागि ठूलो चुनौती देखिएको छ। हुन त यो क्षेत्रमा वाम गठबन्धनबाट अनिल शर्माले उम्मेद्वारी दिएका छन्। तर उनको खासै चर्चा हुने गरेको छैन।

गणेशमान सिंहका पत्र प्रकाशमानले यो पटक मिश्रको सामना गर्नुपर्ने छ। सधैं परिवर्तनका पक्षमा रहेका काठमाडौं एकमा मतदाताले यो पटक सिंह वा मिश्रमध्ये कसलाई रोज्छन्, त्यो थाहा पाउन दोस्रो चरणको निर्वाचनको परिणाम पर्खनुपर्ने हुन्छ।

झापा निर्वाचन क्षेत्र नम्बर–५

दोस्रो चरणमा निर्वाचन हुने झापा क्षेत्र नम्बर पाँचले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ। नेपाली कांग्रेसमा तेस्रो धारको प्रतिनिधित्व गर्ने नेता कृष्ण सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनबीच यहाँ प्रतिश्पर्धा हुँदैछ। सुरुमा कांग्रेसले राप्रपालाई समर्थन गरेको यो क्षेत्रमा नेता सिटौला आफै उम्मेद्वार भएपछि राप्रपा महामन्त्री लिङलेनलाई वाम गठबन्धनले समर्थन गरेको छ।

गणतन्त्र, धर्मनिरपेक्षताजस्ता परिवर्तनका मुद्दामा सधैं दृढ रहँदै आएका सिटौला विरुद्ध हिन्दु राज्य र राजतन्त्रका पक्षपाती लिङदेनबीचको प्रतिश्पर्धाले झापा पाँचको चुनावी माहोल तातिएको छ।
यसअघि सो क्षेत्रमा सिटौलाले जित हासिल गरेका थिए। तर लिङदेनलाई वाग गठबन्धनले समर्थन गरेपछि सो क्षेत्रमा कसले बाजी मार्ला भन्ने अहिले नै अनुमान गर्न गाह्रो भएको छ। यो पटक सिटौला र लिङदेनमध्ये एकजनालाई मात्र रोज्नुपर्ने बाध्यता मतदातासमक्ष छ।

झापा निर्वाचन क्षेत्र नम्बर–१

झापा पाँच पछि झापा एक पनि यो पटक चर्चाको शिखरमा छ। कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट राम कार्की एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेपछि सबैको ध्यान झापा एकले तानेको छ।

कांग्रेसभित्र स्पष्ट वक्ताको छवि बनाएका शर्मा युवामाझ निकै लोकप्रिय मानिन्छन्। यता कार्की पनि माओवादी सशस्त्र द्वन्द्वका बेला मेची इन्चार्जका रुपमा कार्यरत थिए। उनी माओवादीभित्र वौद्धिक नेताका रुपमा परिचित छन्। दुवै लोकप्रिय भएपनि यो पटक मतदाताले भने दुई मध्ये एक नेतालाई मात्र चुन्नु पर्ने बाध्यता छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४
कांग्रेसका युवा नेता गगन थापा र वाग गठबन्धनबाट राजन भट्टराईले आमने सामने भएपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर चारको चुनावी माहोल पनि तातिएको छ।

यसअघिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई पराजित गर्दै विजयी भएका थापाको भेट यो पटक भट्टराईसँग भएको छ। दुवै युवा नेता भएका कारण यो क्षेत्रमा यो पटक कसले बाजी मार्ने हो भन्न सकिने अवस्था छैन। तर मतदातलाई भने दुई मध्ये एक जनालाई मात्रै चुन्नु पर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस
गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालसहित हजारौं एमालेमा प्रवेश

     प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा

मधेशका नेताले जनता अल्मल्याए : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता

कर्णाली विकास बैंकको १ अर्ब २६ करोड झ्वाम

    नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र

पानी जहाज सञ्चालन सम्बन्धी विधेयक संसदमा

    पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने भएको छ । यसका लागि