समृद्ध गुल्मी मेरो चाहना भन्ने नारा सहित गुल्मी एकमा १३ हजार मतान्तरमा प्रदिप ज्ञवालीले यसरी जित्दैछन



वामपन्थीको गठबन्धन भएपछी गुल्मी निर्वाचन क्षेत्र नं.–१ मा वामगठबन्धनका साझा उम्मेदवारले जित्ने निश्चित प्रायःछ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको ३१ हजार ७ सय २० मत छ भने नेपाली कांग्रेसको २६ हजार २० मत मात्र छ । त्यस्तै माओबादी केद्रको ६ हजार ९ सय ८८ र अन्य दलहरुको ८ सय २६ मत रहेको छ । यसरी एमाले र माओबादी केन्द्र मिल्दा ३८ हजार ७ सय ८ मत हुन्छ । जुन नेपाली कांग्रेसको मत भन्दा १२ हजार ६ सय ८८ मतले वामगठबन्धन अगाडी देखिन्छ । यसबाट कांग्रेसका उम्मेदवारले स्वतःपराजय भोग्नुको विकल्प देखिदैन । गुल्मी क्षेत्र नं १ मा वामगठबन्धनले शान्ति स्थापनाका अभियन्ता, बामगठबन्धनका शुत्रधार र चर्चित सुडान घोटला छानबीन समितिका संयोजक एमाले नेता प्रदीप ज्ञवालीलाई अघि सारेको छ भने नेपाली कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन् ।

गुल्मी जिल्ला साविकको निर्वाचन क्षेत्र नं २ वाट निर्वाचित भएका निवर्तमान सांसद चन्द्र भण्डारीले विगत चार वर्षमा गरेको कामको हिसाव किताव क्षेत्रवासी जनताले खोज्न थालेका छन् । काम भन्दा ज्यादा प्रचार गर्दै आएको आरोप लागेका निवर्तमान सांसद भण्डारीले आफुले गुल्मीमा धेरै काम गरेको वताउदै यति धेरै काम गर्दा पनि हार्ने संभावना रहेको स्व्यमले जिल्लाको सदरमुकाम तम्घासमा आयोजीत पत्रकार सम्मेलनमा बताए । “यती धेरै काम गर्दा पनी हारिन्छ कि भन्ने डर लागेको छ, यती धेरै काम गर्ने म त बेलायतको प्रधानमन्त्री हुनुपर्ने मान्छे पो हो त, म विद्धान पनि छु ।”–नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले सोही पत्रकार सम्मेलनमा भनेका थिए । यस सँगै चर्चामा रहेका भण्डारीले विगतमा गरेका कामको खोजी गर्दै गुल्मेली जनताले एमालेका वौद्धिक र ईमान्दार नेता प्रदीप ज्ञवालीको कार्याकाल संग तुलना गर्न थालेका छन् ।

सांसद बनेपछि ‘फेसवुक र चटपटे’ नेताको छवी बनाएका भण्डारीले देखिने गरी कुनै योजना ल्याएका छैनन् । जवकी ज्ञवाली सांसद भएको बेला गुल्मीको कर्णाली भनेर चिनिने साविक निर्वाचन क्षेत्र नं १ को भाग्यरेखाको रुपमा रहेको कालीगण्डकी करिडोरको परिकल्पना गर्दै अहीले ट्रयाक खोल्ने काम सकिएको छ । यो सडकले त्यस क्षेत्रका जनताको जिवनस्तरमा ठूलै परिवर्तन ल्याएको छ । यो सडकलाई १० मिटर फराकिलो पारी उत्तर चिन र दक्षिण भारत संग जोड्ने योजना नेता ज्ञवालीले अघि सारेका छन् । त्यस्तै रुरु–रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको स्थापना, रेसुङ्गा विमानस्थलको निर्माण कार्य सुरुवात, कफी अनुसन्धान केन्द्रको स्थापना र तानसेन–रिडी–तम्घास मोटरबाटोको कालोपत्रे कार्य पनि ज्ञवालीकै पहलमा भएका थिए ।

त्यस्तै रुरु–रुद्रवेनी–वामीटक्सार सडक कालोपत्रे, गौडाकोट–मजुवा–शान्तिपुर सडक स्तरोन्नती लगायत शिक्षा, स्वस्थ्य, खानेपानीका सयौं योजना ज्ञवालीकै कार्यकालमै ल्याईएको थियो । तर भण्डारीको कार्यकालमा यस्ता योजना फेसबुकमै सिमीत हुन पुगेको अनुभव गुल्मेली जनताले गरेका छन् । विगतमा राष्ट्रिय गौरवको व्यक्तित्व एमाले नेता ज्ञवालीलाई विजय बनाउन नसक्दा अहिले गुल्मेली जनताले पश्चाताप गरिरहेका छन् । शालीन र वौद्धिक एवं केन्द्रीय राजनीतीमा प्रभाव पार्ने नेता ज्ञवालीको ठाउँमा कांग्रेसका चटपटे युवा नेता भण्डारी विजय बनेपनि उनले केहि काम गर्न नसकेको रहस्य अहिले खुलेको छ । सस्तो लोकप्रियताको पछी लाग्ने भण्डारीका कारण इमान्दार काँगे्रस कार्यकर्ताहरु समेत असन्तुष्ट भएका छन् । उता संविधान संशोधनको विरोधमा चर्को रुपमा देखा परेका भण्डारीको मुखुण्डो त्यतिबेला उत्रियो जतीबेला संसदमा संविधान संशोधनका पक्षमा उनले हस्ताक्षर गर्दै मत खसाले । आफु संविधान संशोधनको पक्षमा कुनै हालतमा नलाग्ने भाषण गर्दै हिडेका भण्डारीलाई संशोधनका पक्षमा लुरुलुरु मत खसाले पछी गुल्मेली जनताबिच उनको द्धैध चरीत्र उदांग हुनपुगेको थियो ।

वामपन्थि गठबन्धनपछि पराजीत मानसिकता वोकेर हिडेका भण्डारीले हार्नेकुरा स्व्यमले बताउदै हिड्न थालेका छन् । आफुलाई कांग्रेस भित्र शक्तिशाली युवा नेता भन्दै अघिल्लो पटक मन्त्री बन्ने दाबि सहित जनता सँग मत मागेका भण्डारी नेपाली कांग्रेसको नेतृत्वमा बनेको ६४ सदस्यीय मन्त्रीमण्डलमा पनि पर्न नसकेपछि गुल्मेली जनताले उनको वास्तविक सामथ्र्य बुझिसकेका छन् । जबकी एमाले नेता ज्ञवाली यस अघी नै मन्त्री बनि सकेका र अब बन्ने वामपन्थी सरकारमा शक्तिशाली मन्त्रालय सम्हाल्ने निश्चित प्रायःछ ।

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको