कांग्रेसका शेखर र एमालेका लालबाबु संग ठोक्किन पुगेका प्रचण्डका ज्वाई पछारिन्छन की पछार्छन? ज्वाई जिताउन प्रचण्डले लगाए यस्तो जुक्ती



हाम्रो इकोनोमि

देशैभर चुनावी चटारो लागेको छ । उम्मेदवारलाई घरदैलो गर्दै जनमत आफूतिर समेट्ने अभ्यासको दिनचर्या जारी छ । यहि दिनचर्यामा अभ्यस्त छन्, मोरङ क्षेत्र नम्बर ६ ‘क’का बामपन्थी उम्मेदवार जीवन आचार्य । बामपन्थी गठबन्धन अन्तर्गत उक्त क्षेत्रको प्रतिनिधि सभा उम्मेदवार हुन्, पूर्वमन्त्री लालबाबु पण्डित । यस्तै लोकतान्त्रिक शक्तिको तर्फबाट नेतृत्व गरेका छन्, डा. शेखर कोइरालाले ।

अघिल्ला चुनावहरूको मतपरिणामको रूझानले उक्त क्षेत्रमा कांग्रेसको मत बलियो रहेको देखाउँछ । विजयकुमार गच्छादार र कोइराला दुवैले चुनाव जितेको उक्त क्षेत्र कांग्रेसका लागि बलियो हुनुको अर्को कारण, गच्छादारको कांग्रेस फिर्ती पनि मानिन्छ । तर, सोही क्षेत्रको ‘क’ प्रदेशमा भने लोकतान्त्रिक शक्ति कमजोर छ ।

बामपन्थीको बलियो मत रहेको सोही क्षेत्रको चुनावी अभियानमा छन्, आचार्य । ‘प्रतिस्पर्धा बलियो हुनेछ तर बामपन्थी शक्तिको मत पनि कमजोर नभएका कारणले यो प्रदेश सभामा हामी बहुमतमा आउने आशा राखेका छौं ।’, आचार्यले भने,‘घरदैलोका क्रममा आफ्नो गाउँ, आफ्नो भुमीमा अभिभावक र युवाको साथले म दङ्ग छु ।’

आचार्य माओवादीका जिल्लास्तरीय नेता हुन् । उनलाई सो क्षेत्रमा सर्वसम्मत उम्मेदवार तय गरिएको थियो । नाताले उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई पनि हुन् । राजनीतिक परिचय बनाएका जीवन भन्छन्,‘म माओवादीको एउटा इमान्दार कार्यकर्ता भएका कारणले सिफारिसमा परें र निर्विरोध उम्मेदवार बनेको छु । जनताको मन र मर्का दुवै बुझ्ने अभियानमा पनि छु ।’

मोरङको पूर्वी उत्तरमा क्षेत्र नं ६ ‘क’ पर्दछ । राजमार्गमा केही र पुरै ग्रामिण भेगमा पर्ने उक्त क्षेत्रमा अहिलेसम्म निर्वाचन जितेका नेताहरूले काम नगरेको गुनासो आचार्यले सुन्नु परेको छ । ‘अहिलेसम्म विकासको कुरा छाडौं खेतीयोग्य जमिनमा पानीको समस्या, उत्पादन निकासको समस्याका बारेमा जनगुनासो बढिरहेको छ । यो समस्या बामपन्थी गठबन्धनले पुरा गर्ने वाचा गरेको छु ।’, उनले भने,‘जनताले काम गर्ने पार्टीलाई चुन्ने आश्वासन दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...