चुनाबमा धाधली गराउन प्रहरीलाई आफु अनुकुल बनाउन देउवाले यसरी गर्दैछन सरुवा बढुवाको खेल, यस्तो छ कांग्रेसको पक्षमा मत पार्ने डिजाइन



गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसँग सहमति मागेको थियो ।
आयोगले सोमबार मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पाँच प्रहरी नायब उपरीक्षक (डीएसपी) र सात प्रहरी निरीक्षकलगायतको बढुवा गर्न सहमति दिएको छ।

चुनावको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृहका अधिकारीलाई दबाब दिँदै बढुवा गर्न आयोगसमक्ष सहमति माग्न लगाएका हुन् ।गृहमन्त्रीको कार्यभारसमेत आफैं सम्हालेका देउवाले आफू निकटका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजी बनाउने तयारी गरेका छन् ।

निर्वाचन आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव गीता तिम्सिनाले गृहबाट माग भएअनुसार सहमति पठाइएको जानकारी दिइन् । उनले भनिन् ‘गृहले रिक्त ठाउँमा बढुवा गर्न सहमति मागेको थियो । हामीले खाली ठाउँमा बढुवा रोक्न आचारसंहिता नलाग्ने देखेपछि सहमति दिएका हौं ।’

कार्यक्षमता राम्रो हुँदाहुँदै पनि वरिष्ठलाई पाखा लगाएर तत्कालीन गृहमन्त्री जनार्दन शर्माले डीआईजी हेमन्त पाल, पंकज श्रेष्ठ र मधुप्रसाद पुडासैनीलाई बढुवामा छुटाएका थिए ।

स्रोतका अनुसार खाली नभए पनि खाली पद देखाएर बढुवा सिफारिसका लागि सहमति दिन देउवाले आयोगसम्म दबाब दिएको स्रोतको दाबी छ ।

आयोगका एक अधिकृतले भने, ‘यो माथिमाथि हुँदै सल्लाहमै आएको पत्रजस्तो लाग्छ । अहिले आचारसंहिता लागू भएका बेला पनि सहमति दिने तयारी भइरहेको छ ।’ प्रधानमन्त्री देउवा डीआईजी हेमन्त पाल र मधु पुडासैनीलाई एआईजी बनाउने तयारीमा रहेको उच्च स्रोत बताउँछ ।

एआईजीमा बढुवा हुनेबित्तिकै खाली रहेका तल्ला दर्जामा समेत स्वाभाविक बढुवा गर्न गृहलाई बाटो खुल्छ । डीआईजी नवराज सिलवालले राजीनामा दिएपछि तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्नुपर्ने हुन्छ ।

एसएसपी बलराम शर्मा पौडेलले आइतबारबाट अवकाश पाएका छन् । उनको अवकाशसँगै दुई एआईजी बढुवा भएपछि पाँच जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गर्न बाटो खुल्नेछ । सरकारले यसअघि एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डीआईजीमा बढुवा गरिसकेको छ ।

अहिले डीआईजी हेमन्त पाल, पंकज श्रेष्ठ, मधु पुडासैनी, माधव नेपाल र गोविन्द निरौला बढुवाका प्रतिस्पर्धी हुन् । निरौला अमेरिकामा छन् । अन्य चार जना भने एआईजीमा बढुवा हुन दौडधुपमा लागेको स्रोतले बतायो ।

त्यसैगरी, एसएसपी केदार रिजाल, दिनेश अमात्य, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दीपक थापा, दानसिंह बोहरा, सुभाष चौधरी, श्याम खत्री र नारायणसिंह खड्का डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सुरुमा हाल रहेका एआईजी कायम गरी नथप्ने विषयमा प्रधानमन्त्री देउवासमक्ष कुरा राखे पनि देउवाले थप्नुपर्ने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको