अखिल र युवा संघले जन्माएका यी होनहार नेता को काहाँ बाट भिड्दैछन् कस्को अबस्था कस्तो छ?



मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको विद्यार्थी एवं युवा राजनीतिबाट आएका अधिकांश नेता प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेका छन्।

एमालेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को राजनीतिबाट उदाएका राजेन्द्र राई, नवीना लिम्बू, रामकुमारी झाँक्रीदेखि युवासंघका चर्चित नेता महेश बस्नेत, निरुदेवी पालसम्मलाई उम्मेदवार बनाएको छ।
विद्यार्थी राजनीतिबाटै आएका घनश्याम भुसाल, योगेश भट्टराई, रवीन्द्र अधिकारी, भानुभक्त ढकालहरु भने केन्द्रीय राजनीतिमै स्थापित भइसकेका छन्।

अनेरास्ववियूको महासचिव भइसकेका एमालेका उपमहासचिव भुसाल प्रतिनिधिसभामा रुपन्देही–३ बाट उम्मेदवार बनेका छन्। भुसालसँग स्वास्थ्यमन्त्री दीपक बोहोराले लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गर्दैछन्।

यस्तै, सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन्। अनेरास्ववियूको अध्यक्षसमेत भइसकेका भट्टराई दोस्रो संविधानसभा चुनावमा काठमाडौं–६ बाट पराजित भएको नेपाल लाइभका लागी दुर्गा दुलालले टिप्पणी गरेका छन।

नेता अधिकारी यस पटक कास्की–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन्। अधिकारी यसअघि पनि कास्कीबाटै संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका थिए। दोस्रो संविधानसभा चुनावपछि बनेको संसदमा अधिकारी विकास समिति सभापति समेत भए। अहिले कास्की-२ मा अधिकारीसँग नेपाली कांग्रेसका देवराज चालिसेले प्रतिस्पर्धा गर्नेछन्।

युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत अहिले भक्तपुर–२ बाट प्रतिनिधिसभाको चुनावी प्रतिस्पर्धामा छन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए। अहिले बस्नेतसँग प्रतिस्पर्धा गर्न २०५१ सालको संसदका सभामुख दमनथान ढु‌ंगाना आएका छन्।

युवासंघका नेताद्वय गरिमा शाह र झपट रावल पनि कैलाली १ र २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। शाहको कैलाली-१ मा कांग्रेसकी ईश्वरी देवी न्यौपानेसँग भिडन्त हुँदैछ। यस्तै, रावलको कैलाली-२ मा का‌ंग्रेसका मोहनसिंह राठौरसँग मुख्य प्रतिस्पर्धा हुनेछ।

पार्टीको प्रमुख सचेतक रहेका भानुभक्त ढकाल मोरङ–३ बाट चुनाव लड्दैछन्। उनी अखिलका पूर्वअध्यक्ष हुन्। उनको प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार सुनील शर्मासँग हुँदैछ।

अखिलका पूर्वअध्यक्ष पदम गिरी पर्वतबाट प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका छन्। उनले कांग्रेसका अर्जुनप्रसाद जोशीसँग भिडन्त गर्नुपर्नेछ। ओखलढुंगाका यज्ञ सुनुवार पनि विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा पुगेका नेता हुन्। अघिल्लो पटक ओखलढुंगाबाट विजयी भएका उनी पुनः उक्त क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन्। सुनुवारले कांग्रेसका युवा नेता रामहरि खतिवडासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

एमालेका युवा नेताहरु प्रदेश सभातर्फ पनि प्रत्यक्षमा उम्मेदवार बनेका छन्। अनेरास्वियूका पूर्व अध्यक्ष हिक्मत कार्की र राजेन्द्र राई प्रदेशसभातर्फ पुगेका छन्।

कार्की झापा–५ (क) बाट प्रतिस्पर्धामा उत्रिएका छन्। राई भोजपुर प्रदेशसभा (क) बाट उम्मेदवार बनेका छन्।

विद्यार्थी राजनीतिबाटै आएका र सञ्चारमन्त्री समेत भइसकेका शेरधन राई पनि भोजपुर (ख) बाट प्रदेशसभामा चुनावी प्रतिस्पर्धा गर्दैछन्।

अखिलकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री गुल्मीबाट, अनेरास्ववियूकी वर्तमान अध्यक्ष नवीना लामा काभ्रेबाट र युवा संघकै पूर्व अध्यक्ष निरुदेवी पाल कञ्चनपुरबाट समानुपातिकको सूचीमा परेका छन्। उनीहरुमध्ये झाँक्री र पालले प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहेका थिए। एमाले र माओवादी केन्द्रबीचको वाम तालेमलपछि उनीहरुलाई प्रत्यक्षतर्फ टिकट दिन नसकिने पार्टीले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको