अकुत सम्पत्ति आर्जन गरेका पूर्व आइजिपी अर्याललाई अख्तियारले लगाउने भयो सनासो,१३ पाने फारम भराए पछी डण्डा बर्साउने



हाम्रो इकोनोमि

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ।

‘महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको आरोपमा उहाँसँग अख्तियारले बयान लिन सुरु गरेको छ’, स्रोतले भन्यो।

सम्पत्ति मूल्यांकन तथा अनुसन्धान सम्बन्धी अख्तियारको निर्देशिका अनुसार अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई अख्तियारले १३ पाने भराउँछ । चार खण्ड हुने १३ पानेको खण्ड १ मा व्यक्तिगत र पारिवारिक विवरण हुन्छ । यस्तै, खण्ड २ मा सार्वजनिक पद धारण गरेको विवरण, खण्ड ३ मा अचल सम्पत्तिको विवरण र खण्ड ४ मा चल सम्पत्तिको विवरण हुन्छ।

आयोगले त्यसमा व्यक्तिले हालसम्म आर्जेको सम्पूर्ण सम्पत्तिको विवरण संलग्न गराएर अनुसन्धान सुरु गर्छ । अर्यालले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएकाले १३ पाने मार्फत उनको विवरण अख्तियारले प्राप्त गरेको छ । उनलाई आइतबार नै बयानका लागि बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...