बालकृष्ण ढुंगेलले अबको जीवन सदरखोर जेलमा बसेर यसरी काट्ने भए



हाम्रो इकोनोमि

नेपाल प्रहरीले आज पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल कैद भुक्तानको लागी डिल्लीबजार कारागार लगेको छ।

ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालय मा उपस्थित गराए लगत्तै डिल्लीबजार लगेको हो। पक्राउ परेका ढुङगेल अदालतमा रातो टिसर्ट र खैरो ज्याकेटमा उपस्थित भएका थिए।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि उनी फरार थिए। उनलाई सात दिनभित्र पक्राउ गर्न २०७३ चैत ३१ गते सर्वोच्चले प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...