अन्तत: अपराधी करार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ



हाम्रो इकोनोमि

सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । ढुंगेललाई सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो।

सर्वाेच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । उनलाई मंगलबार विहान प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वाेच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेपछि कानूनी राज्यको उपहास गरेको भन्दै नेपाल प्रहरीमाथि समेत गम्भीर आरोप लाग्ने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...