गगन थापा र राजन भट्टराई बीच यसरी हुदैछ काठमाडौं ४ मा भाले भिडन्त,यस्तो आयो रिपोर्ट आखिर कस्ले जित्दैछ



हाम्रो इकोनोमि

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्र पनि निकै चर्चामा छ । यहाँ विशेषगरी दुइ युवा नेतृत्वबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट गगन थापा प्रतिस्पर्धामा छन् । विघटित संसदमा उनी यसै क्षेत्रबाट प्रतिनिधित्व गर्थे । स्वास्थ्यमन्त्री रहँदा उल्लेखनीय काम गरेर चर्चा कमाएका थापासँग नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुने ठानिएको छ।

भट्टराई विघटित संविधानसभामा समानुपातिक कोटाबाट सभासद भएका थिए । उनी माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनका परराष्ट्र मामिला सल्लाहकार थिए ।

गगन थापा
नेपाली कांग्रेसका उम्मेदवार थापाले अघिल्लो निर्वाचनमा स्वतन्त्र र अन्य पार्टीका प्रतिबद्ध कार्यकर्ताको पनि मत पाएको र यस पटक पनि त्यो दोहोरिने अपेक्षा गरेका छन् । पछिल्लो ४ वर्षमा आफूले विश्वासको पुँजी अझै बढाएको उनको अनुभव छ।

‘मैले यसबीच संविधान, कानुन निर्माणमा र केही समय मन्त्रीका रुपमा समेत काम गरे’, उनले थपे, ‘मेरो कामको मूल्यांकन आम जनताले गरिरहनुभएकै छ।’

आफ्नो क्षेत्रको पूर्वाधार निर्माणमा भने असन्तोष भएको थापाले स्वीकार गरे । ‘तर मैले कम चासो दिएर वा म निस्क्रिय भएकाले ढिलाइ तथा सोचेअनुरुपको काम नभएको होइन’, उनले भने, ‘सिंगो राज्य संयन्त्रको काम गर्ने क्षमताका कारण पूर्वाधार निर्माणमा ढिलाइ भएको हो, यो कुरा यस क्षेत्रका जनताले पनि राम्ररी बुझेका छन्।’

चार वर्षअघि मत माग्दा आफूले मुख्यगरी संविधान निर्माणकै कुरा उठाएको र त्यो पूरा भएको उनी बताउँछन्।

‘क्षेत्रकै विकासमा पनि विगतमा गरेको प्रतिबद्धताभन्दा बढी काम गरेको छु’, उनले भने, ‘मैले थालेका थुप्रै काम अधुरै छन्, राज्य संयन्त्रको काम गर्ने क्षमता कमजोर भएकाले ती अधुरा रहन गएका हुन्।’

जनताले पुनः विजयी बनाउने कुरामा निश्चिन्त देखिएका थापाले आफ्नो मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवारसँग हुने बताए।

राजन भट्टराई
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईले देशको संविधानको रक्षा र उचित कार्यान्वयनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रियता बलियो बनाउँदै राष्ट्रलाई समृद्ध बनाउने एमालेको अभियानलाई मलजल गर्ने आफ्नो लक्ष्य भएको समेत उनले सुनाए।

‘स्थानीय जनताका समस्या समाधान गर्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन म चुनावी मैदानमा उत्रिएको हुँ’, भट्टराईले भने।

स्थानीय तहमा देखिएका शिक्षा, स्वास्थ्य र बेरोजगारी जस्ता समस्या समाधान गर्ने उद्देश्यसहित आफू जनताको माझमा आएको उनले बताए । एमालेले संविधान निर्माणदेखि कार्यान्वयनसम्ममा निर्वाह गरेको भूमिका, भारतको नाकाबन्दी विरुद्ध डटेर लागेको विषयमा मतदाता जानकार भएकाले आफूलाई मत आउने उनको विश्वास छ।

‘काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि मैले निर्वाह गरेको भूमिका र मेरो सक्रियता जनताले बुझ्नुभएको छु’, उनले भने, ‘मेरो लामो राजनीतिक करिअरमा म यही क्षेत्रमा सक्रिय छु।’

क्षेत्र नम्बर ४ मा व्यक्तिगत प्रतिस्पर्धा नभई कांग्रेस र एमालेको राजनीतिक प्रतिस्पर्धा हुने उनी बताउँछन्।

‘गगन थापाजी र म राम्रा मित्र हौं’, उनले भने, ‘जनताले कांग्रेस र एमालेको राजनीतिक अडानको तुलना गरेर विवेकपूर्ण निर्णय लिनुहुनेछ।’

 

विगतको नतिजामा को बलशाली
यस क्षेत्रको मत बुझ्न पहिलो चरणअन्तर्गत बैशाख ३१ गते भएको स्थानीय निर्वाचनको नतिजा सान्दर्भिक हुन्छ । काठमाडौं ४ नम्बर क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन्।

काठमाडौं महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ४ वटा वडामध्ये एमाले र कांग्रेस दुई-दुई ठाउँ विजयी भएका छन् । यी ४ वटा वडामा एमालेले पाएको कुल मत ७ हजार ३ सय २१ छ । कांग्रेसले ७ हजार ७ सय २८ मत पाउँदा माओवादीले भने जम्मा ८ सय ६६ मत पाएको थियो।

बुढानीलकण्ठ नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने सबै ८ वटा वडै एमालेले जितेको छ । यी ८ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा उसले कुल ९ हजार ९ सय १८ मत ल्याएको छ । वाम गठबन्धनकै अर्को दल माओवादीले भने ३ हजार ४ सय २७ मत ल्याएको छ।

८ वडामा गरी नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत ६ हजार ३ सय ४८ हो।

काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने दुई स्थानीय तहका जम्मा १२ वटा वडामा एमालेले कुल १७ हजार २ सय ३९ मत पाएको छ । त्यस्तै, माओवादीले ४ हजार २ सय ९३ मत पाएको छ । वाम गठबन्धनको कुल मत जोड्दा २१ हजार ५ सय ३२ मत हुन आउँछ । अर्कोतिर, नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत १४ हजार ७६ छ।

 

त्यस्तै, ०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका थिए । उनले त्यसबेला २३ हजार ३ सय ३६ मत पाएका थिए । दोस्रा भएका नेकपा एमालेका उम्मेदवार निर्मल कुइँकेलले ९ हजार १ सय ३५ मत पाएका थिए । यस्तै, तेस्रो भएका माओवादीका उम्मेदवार तथा हालका उपराष्ट्रपति नन्दकिशोर पुनले ६ हजार ४ सय ४२ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...