यसरी बन्दैछन शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री



 

संघीयता स्वायत्त शासनको अभ्याश हो, प्रदेश सवल भएनन भने राष्ट्र सवल हुँदैन, तराईसँग जोडिएको प्रदेश सवल भएनन भने राष्ट्र सवल हुँदैनन । प्रदेश ५ पनि तराईसँग जोडिएको छ, यो प्रदेशलाई स्वल बनाउनकै लागि पोखरेलले मुख्यमन्त्री स्वीकार गर्नुभयो । अनि दिनुभयो, सवै नेता कार्यकर्ता र जनतालाई आवश्यकताअनुसार जहाँ जान पनि तयार हुनुपर्छ भन्ने सन्देश
गणेश बस्नेत
संघीयताको खाका कोर्ने तपाई जस्तो नेता प्रदेशको मुख्यमन्त्री बन्नुपर्यो, तपाइकै अवधारणाअनुसार राज्यपुनसंरचनाको खाका बनेको हो, अव तपाइकै बिचारअनुसार संघीयता सार्वभौमसत्ताको बिभाजन होइन, प्रभावकारी प्रयोग हो भन्ने प्रमाणित गर्नुपर्यो । गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साँछी राखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्डले० गर्नुभएको यो प्रस्तावले एमाले नेता शंकर पोखरेल झस्किनु भयो । अनुहार निकै मलिन भए, एक प्रकारको आक्रोश झल्कियो पोखरेलको अनुहारमा ।

राष्ट्रिय राजनीतिमा बैचारिक नेताका रुपमा स्थापित पोखरेलले तीन दशक लामो राजधानी केन्द्रित राजनीतिक यात्रापछि प्रदेशमा फर्कने कुरा सोच्नसमेत सकेका थिएनन । पोखरेलको अनुहारमा देखिएको त्यो आक्रोशलाई शान्त पार्दै दाहालले फेरि दोहो¥याउनु भयो, ‘तपाई जस्तो नेता प्रदेश ५ को मुख्यमन्त्री बन्नुपर्यो, यो कुरालाई स्वीकार गरिदिनोस ।’ त्या भन्दा केही समय पहिलाबाटै पोखरेललाई यस्तो प्रस्ताव आएको थियो, जसलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो ।

कल्पना नगरेको यात्रामा हिडन कसरी मञ्जुर गर्नु रु आफ्ना शुभचिन्तकलाई कसरी सम्झाउनु रु यही बैचारिक द्धन्द्धका क्रममा अन्तिममा दुवै नेताले भनेको कुरा सम्झनु भयो, सवल प्रदेश निर्माण गरी राष्ट्रलाई नै सवल बनाउन तपाइ नै बन्नुपर्यो मुख्यमन्त्री
मुख्यमन्त्रीको बिषय निकै अघि बढेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पोखरेललाई छलफलका लागि बोलाउनु भयो । अनि यस्तो प्रस्ताव राख्नुभयो । दाहालको प्रस्तावलाई अस्वीकार गर्दै पोखरेलले आफ्नो पार्टी अध्यक्ष ओलीको अनुहार हुर्नुभयो, उहाँले पनि झनै सही थप्दै मुख्यमन्त्री बन्न सुझाउनु भयो । दुवै नेताको एउटै कुरा आएपछि ‘मेरो कल्पना भन्दा बाहिरको कुरा भन्दै केही समय सोच्न समय माग्नुभयो पोखरेलले । ओली र दाहालसँग सोच्ने समय मागेर हिडनु भएका पोखरेल दुई दिन सुत्नसमेत सक्नुभएन । मनभित्रै लामो युद्ध चल्यो ।

कल्पना नगरेको यात्रामा हिडन कसरी मञ्जुर गर्नु रु आफ्ना शुभचिन्तकलाई कसरी सम्झाउनु रु यही बैचारिक द्धन्द्धका क्रममा अन्तिममा दुवै नेताले भनेको कुरा सम्झनु भयो, सवल प्रदेश निर्माण गरी राष्ट्रलाई नै सवल बनाउन तपाइ नै बन्नुपर्यो मुख्यमन्त्री ।’ यसबीचमा गृहजिल्ला दाङबाट मात्रै होइन, देशभरबाट प्रश्न सोधियो, तपाइको मौनता कहिलेसम्म रु निर्णइ दिनोस । सवैलाई पोखरेलले एउटै जवाफ दिनुभयो, केही समय पर्खनोस, मौनता लामो समयसम्म रहँदैन ।’ उहाँको जवाफ कुरेर बसेका सवैलाई संघीयताको सही अध्याश र प्रयोग अनि सवल प्रदेश निर्माणको माध्यमबाट राष्ट्रलाई सवल बनाउने अठोटसहित एमाले र नेकपा माओवादी केन्द्रको चुनावी कमाण्डरका mरुपमा प्रदेश ५ को नेतृत्व गर्दै मुख्यमन्त्री बन्ने निश्कर्ष निकाल्नुभयो ।

एमाले र माओवादीभित्र मुख्यमन्त्री बन्न थुप्रै नेता लालायित छन । प्रदेश १ देखि प्रदेश ७ सम्म पदाधिकारीले नै मुख्यमन्त्री दावी गरिरहेका छन । पोखरेलले भने चाहनासमेत राख्नुभएको थिएन त्यो पदका लागि । कल्पना पनि गर्नुभएको थिएन । तर त्यही कल्पना नगरेको पद प्राप्ती भयो । ‘आफूले कल्पना नगरेको यात्रामा हिडन मञ्जुर गरेको छु, प्रादेशिक संरचनालाई बलियो बनाएर सवल राष्ट्र निर्माण गर्नका लागि मैले यो कठोर र कल्पना नगरेको यात्रामा हिडने निर्णय लिएँ, मेरो यो निर्णय चुनौती र अवसर दुवै हो,’ पंक्तिकारसँग पोखरेलले भन्नुभयो ।

गृहजिल्ला दाङबाट मात्रै होइन, देशभरबाट प्रश्न सोधियो, तपाइको मौनता कहिलेसम्म रु निर्णइ दिनोस । सवैलाई पोखरेलले एउटै जवाफ दिनुभयो, केही समय पर्खनोस, मौनता लामो समयसम्म रहँदैन ।’ उहाँको जवाफ कुरेर बसेका सवैलाई संघीयताको सही अध्याश र प्रयोग अनि सवल प्रदेश निर्माणको माध्यमबाट राष्ट्रलाई सवल बनाउने अठोटसहित एमाले र नेकपा माओवादी केन्द्रको चुनावी कमाण्डरका mरुपमा प्रदेश ५ को नेतृत्व गर्दै मुख्यमन्त्री बन्ने निश्कर्ष निकाल्नुभयो

 

संघीयता स्वायत्त शासनको अभ्याश हो, प्रदेश सवल भएनन भने राष्ट्र सवल हुँदैन, तराईसँग जोडिएको प्रदेश सवल भएनन भने राष्ट्र सवल हुँदैनन । प्रदेश ५ पनि तराईसँग जोडिएको छ, यो प्रदेशलाई स्वल बनाउनकै लागि पोखरेलले मुख्यमन्त्री स्वीकार गर्नुभयो । अनि दिनुभयो, सवै नेता कार्यकर्ता र जनतालाई आवश्यकताअनुसार जहाँ जान पनि तयार हुनुपर्छ भन्ने सन्देश । राजनीतिमा असंभव भन्ने कुनै कुरा हुँदैन भन्ने यथार्थप्रति सवै जानकार छन । तर राजनीतिक नेतामा पनि असंभव भन्ने कुरा हुँदो रहेछन भन्ने प्रमाण बनेका छन एमाले नेता शंकर पोखरेल ।

बैचारिक रुपमा एमालेको हस्ती मानिएका पूर्वमन्त्री पोखरेलले प्रदेश ५ को मुख्यमन्त्री पद स्वीकार गरी सवैलाई यही सन्देश दिनुभएको छ । २०४३ सालदेखि राजधानीमा रहेर अनेरास्वबियूको अध्यक्ष हुँदै आफूलाई बैचारिक नेताका रुपमा स्थापित गर्नुभएका पोखरेलको यो निर्णयलाई शुभचिन्तकहरुले पचाउन सकिरहेका छैनन । सिंगो देशलाई हाँक्न सक्ने बैचारिक नेतालाई प्रदेशमा फर्काउने काम उचित होइन भन्दै सामाजिक सञ्जालमा सुझाव आउने क्रम जारी छ ।

 

‘मलाई प्रचण्डले प्रस्ताव गर्नुभयो, हाम्रो पार्टी एमालेको अध्यक्षको अनुहार हेरें, उहाँले झनै बल गरेर मुख्यमन्त्री बन्न आग्रह गर्नुभयो, केही दिनमा निर्णय दिउँला भनेको थिएँ, अव निर्णयमा पुगें, एमाले र माओवादी केन्द्रको चुनावी कमाण्डरको रुपमा प्रदेश ५ मा जान्छु,’ पोखरेलले भन्नुभयो । उहाँको यो घोषणा गर्दा अनुहारमा पीडा झल्किएको थियो, त्यसैले उहाँको अनुहार मलिन अनि गला अवरुद्ध भयो । २०४३ सालदेखि केन्द्रीय राजनीतिमा छाएको सदाबहार नेता प्रदेश फर्कनु पर्दाको पीडा थियो त्यो । तर उहाँको निर्णय प्रदेश ५ का लागि निकै फलदायी छ ।

राष्ट्रिय राजनीतिमा भुमिका खेलिसकेको नेता प्रदेशमा फर्कदा पछाडि फर्केको जस्तो देखिन्छ तर तलको समर्थन लिएर भोली प्रधानमन्त्री बन्ने सुनौलो अवसरका रुपमा पोखरेलले आफूलाई स्थापित गर्न सक्नुहुन्छ । भारतमा नरेन्द्र मोदी मुख्यमन्त्रीबाट सोझै प्रधानमन्त्री बन्नुभएको छ । नेपालमा पनि पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीपछि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । जहाँसम्म बिचारको कुरा छ, जुन प्रदेशमा रहेपनि उहाँको बिचारले मुलुलाई अघि बढाउन सहयोग पुर्याइ रहने छ । यसआधारमा कमरेड शंकरलाई सलाम । जनता टाइम्स समाचार बाट

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।