उदयपुर र गुल्मीमा गाडी दुर्घटना: ११ जनाको ज्यान गयो



हाम्रो इकोनोमि

गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो।

दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए। ‘घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको छ,’ उनले भने।

दुर्घटनाको कारण खुल्न सकेको छैन। गाडीमा चालकसहित १५ जना रहेकामा अन्य दुई जना बेपत्ता छन्।

यसैगरी, उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा सो दुर्घटना भएको हो। जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा जिपमा रहेका अन्य ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए। प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...