निर्वाचन आयोगले मतपत्र छाप्ने काम रोक्यो,अदालतलाई के जवाफ दिने भन्दै निर्णयका लागि आयोगको बैठक अहिलेसम्म जारी



हाम्रो इकोनोमि

निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ। गत बुधबार सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगति भएको हो।

‘डिजाइनको काम त चलिरहेकै छ। तर छपाइको काम अघि बढेको छैन,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘सर्वोच्च अदालतको आदेश निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगको बैठक आज मात्र बसेको छ।’ उनले आजै साँझसम्म सर्वोच्चको आदेशको जवाफ के दिने र छपाइका विषयमा के निर्णय गर्ने भन्ने टुंगो लाग्छ।

निर्वाचन आयोगको बैठक अहिले जारी छ। आयोगले आजै सर्वोच्चलाई दिने जवाफ र मतपत्र छपाईलाई जारी राख्ने वा सर्वोच्चको आदेशका आधारमा दुईवटा छाप्ने सम्बन्धमा निर्णय गर्ने छ।

शुक्रबारदेखि मतपत्र छपाइ सुरु गर्ने घोषणा गरेका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले साँझ जनकशिक्षा सामग्री केन्द्रमा पुगेर शुभारम्भ नैं भएको घोषणा गरेका थिए। स्रोतका अनुसार प्रमुख आयुक्त यादवले बाहिर भनेजस्तो मतपत्र छपाइको काम शुभारम्भ नगरेर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा नमुना मतपत्र छपाइको काम मात्र शुभारम्भ गरेका थिए।

शुक्रबार प्रमुख आयुक्त यादवले सुरक्षा निकायलाई निर्वाचन सुरक्षा तालिम उद्घाटनमा मतपत्र त्यही दिन छाप्न थालिने घोषणा गरेका थिए भने दिउँसो रिपोर्टर्स क्लव पुगेर छपाई सुरु भइसकेको बताएका थिए। साँझ भने आफूले शुभारम्भ गरेको भन्दै मिडियासँग प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...